काठमाडौं : भोलि गत उपनिर्वाचनको मतदानको दिन सवारी आवागमन व्यवस्थापन सम्बन्धमा निर्वाचन आयोग मापदण्ड तयार गरी तोकिएको भन्दाबाहेक सवारीसाधन चल्न नदिने भएको छ।
वैशाख १५ गते शनिबार इलाम जिल्ला प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ र बझाङ जिल्ला प्रदेश सभा निर्वाचन क्षेत्र नं १ (१) मा निर्वाचन हुँदैछ।
उपनिर्वाचनमा स्वच्छता, निष्पक्षता तथा पारदर्शितामा असर नपर्ने गरी सम्बन्धित निर्वाचन क्षेत्रका मतदाताहरूको सहज आवागमनका लागि आयोगको मिति २०८१ वैशाख १० गतेको निर्णयबाट सार्वजनिक यातायात सञ्चालनको उपयुक्त प्रबन्ध गर्न निर्देशन दिइसकिएको आयोगले जनाएको छ।
यी हुन् उपनिर्वाचनको दिन पनि नरोकिने सवारी साधन
२ सम्बन्धित क्षेत्रका मतदातालाई मतदान केन्द्रसम्म सहज आवागमनको लागि आवश्यकता र औचित्य हेरी मतदानको दिन सार्वजनिक यातायातको उपयुक्त प्रबन्ध मिलाउने।
३ उम्मेदवार वा निजको निर्वाचन प्रतिनिधि एक जनाले मतदानको दिन चार पाङ्ग्रे, तिन पाङ्ग्रे वा दुई पाङ्ग्रे मध्ये १ एकवटा सवारीसाधन मात्र अनुमति लिएर प्रयोग गर्न सक्ने ब्यवस्था मिलाउने।
४ सम्बन्धित जिल्लासँग जोडिएका राष्ट्रिय राजमार्ग र सहायक राजमार्गमा सार्वजनिक यातायातका साधनहरूको आवागमनको उपयुक्त व्यवस्था मिलाउने।
५ मतदानको दिन कसैले यो निर्देशन विपरीत सवारी साधन प्रयोग गरेको पाइएमा सुरक्षा निकाय तथा सुरक्षाकर्मीले त्यस्तो सवारी साधन कब्जामा लिई मतदानको काम सम्पन्न भएपश्चात मात्र फिर्ता दिने व्यवस्था गर्ने।
तपाईंको ईमेल गोप्य राखिनेछ ।