राजनीति

सरकार बनाउने र गिराउने खेलमा लागेको भन्दै नेतृ कोइरालाले गरिन् नेतृत्वको कडा आलोचना

साउन १७, २०७३
    • अर्जुनकुमार आचार्य

विराटनगर : नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आफ्नो संगठन बलियो बनाउन नलागेर सरकार फेरवदलको खेलमा लागेको आरोप लगाएकी छन्।

विराटनगरमा सोमबार आयोजित पत्रकारसम्मेलनमा नेतृ कोइरालाले पार्टी नेतृत्व सरकार गिराउने र बनाउने खेलमा लाग्नु दुर्भाग्य भएको बताएकी छन्। उनले कांग्रेसले संगठन दरिलो बनाउन र संविधान कार्यान्वयनलाई प्राथमिकता दिएर काम गर्नुपर्नेमा जोड दिएकी छन्।

पार्टी सभापति देउवाको आलोचना र वर्तमान सरकारका कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीको बचाउ गरेकी उनले कांग्रेसले विपी र जीपी कोइरालाका सिद्धान्त, विचारलाई गलत ब्याख्या गर्दै अगाडि बढ्न खोजे पार्टी समाप्त हुने चेतावनी दिेएकी छन्। एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकार ढाल्दा मुलुकमा अस्थिरता निम्तिने र संविधान कार्यान्वयन हुन नसक्ने कोइरालाको दावी छ। 

उनले अब बन्ने सरकारले एमालेसँग चिसिएको सम्बन्ध सुमधूर बनाउन नसके वर्तमान सरकार र संविधान नै असफल हुनेसक्ने तर्फ सचेत गराइन्। ‘एमालेसँगको चिसिएको सम्बन्धलाई सुमधुर नबनाएसम्म नयाँ बन्ने सरकारले कुनै काम गर्न नसक्ने र नयाँ सरकार असफल भए संविधानसमेत असफल हुने सम्भावना छ,’ कोइरालाले भनिन्, ‘त्यसले संविधानको विरोधमा रहेका शक्तिलाई फाइदा पुग्छ ।’

मधेशवादी दलहरुले उठाएका मागको सम्बोधन गर्न संविधान संशोधन र संविधान कार्यान्वयन गर्न दुई तिहाईको आवश्यकता पर्ने भएकोले एमालेसँग सहमति, सहकार्य र एकता गर्नैपर्ने कोइरालाको दावी थियो। उनले नयाँ सरकारले चीनसँग गरेका सम्झौता, दीर्घकालीन विकास निर्माणका योजनालाई अगाडि बढाउन सुझावसमेत दिइन्। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]