स्थानीय निर्वाचन २०७४ : निर्वाचन खबर

खोटाङमा १५ सयभन्दा बढीको उम्मेदवारी

असार ५, २०७४

    उदयपुरः असार १४ गते हुने स्थानीय तह दोस्रो चरणको निर्वाचनका लागि खोटाङमा एक हजार ५७७ जनाको उम्मेदवारी परेको छ। 

    खोटाङका दुई नगरपालिका र आठवटा गाउँपालिकाका ७९ वडामा उम्मेदवारी परेको खोटाङ जिल्ला निर्वाचन कार्यालयका अधिकृत दिनेश खत्रीले जानकारी दिए।

    अधिकृत खत्रीका अनुसार हलेसी तुवाजुँग नगरपालिकामा २२२ जनाको उम्मेदवारी परेको छ भने रूपाकोट मझुवागढी नगरपालिकामा ३१६ जनाको उम्मेदवारी परेको छ। 

    यसैगरी आठवटा गाउँपालिकामध्ये खोटेङ गाउँपालिकामा १५९ जना, दिपु्रङमा १४१, बराहा पोखरीमा १२७ जना, साकेला गाउँपालिकामा ११५ जनाको उम्मेदवारी परेको निर्वाचन कार्यालयले जानकारी दिएको छ। 

    अधिकृत खत्रीका अनुसार ऐँसेलुखर्क गाउँपालिकामा १२९, जन्तेढुंगा गाउँपालिकामा १०७, लामिडाँडा गाउँपालिकामा १२१ र केपिलास गाउँपालिकामा १४० जनाको उम्मेदवारी परेको छ। 

    सबैभन्दा बढी उम्मेदवारी रूपाकोट मझुवागढी नगरपालिकामा परेको छ भने सबैभन्दा कम उम्मेदवारी जन्तेढुंगा गाउँपालिकामा परेको निर्वाचन अधिकृत खत्रीले बताए। 

    नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा, संघीय समाजवादी फोरम र राष्ट्रिय खम्बुवान नेपालले आफ्ना चुनाव चिह्नसहित उम्मेदवारी दिएको खत्रीले बताए। 

    ‘खोटाङमा आठवटा पार्टी निर्वाचन कार्यालयमा दर्ता भएका छन्’, उनले भने, ‘अन्य मोहन वैद्य नेतृत्वको नेकपा क्रन्तिकारी माओवादीलगायतले स्वतन्त्र दलको रूपमा मात्र उम्मेदवारी दिएका छन्।’

विदुर कटुवाल

कटुवाल ०७६ असोजसम्म थाहा खबरका उदयपुर समाचारदाता थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]