काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलले दुईदिने राजकीय भ्रमणमा नेपाल आएका कतारका अमिर शेख तमिम विन हमाद अल थानीको सम्मानमा आज साँझ रात्रिभो...
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शुक्रबार अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुवाटार सरेका छन्।
प्रधानमन्त्री सचिवालयका अनुसार दैनिक काम कारबाहीलाई सहज ढंगबाट अघि बढाउन उनी बालुवाटार सरेका हुन्। प्रधानमन्त्री प्रचण्ड यसअघि बालुटावाटार नजिकै आफ्नै निवास लाजिम्पाट बस्दै आएका थिए।
प्रधानमन्त्री प्रचण्ड बालुवाटार सर्ने खबरसँगै भान्सामा रहेका सामग्री र तन्नाहरु हराएको कर्मचारीहरुले प्रधानमन्त्री सचिवालयलाई जानकारी दिएका थिए। उक्त जानकारी पाएलगत्तै प्रधानमन्त्रीले पुरानै सामग्री प्रयोग गर्न निर्देशन दिनुका साथै नयाँ सामग्री खरिद नगर्न निर्देशन दिएका छन्।
‘भान्सामा प्रयोग हुनुका साथै अन्य तन्नाहरु समेत हराएको खबर प्राप्त भएको थियो, हामी पुगेर हेरेका छैनौं, प्रधानमन्त्री ज्यूले केही सामान खरिद नगर्न निर्देशन दिनुभएको छ’ प्रधानमन्त्री सचिवालयका स्वकीय सचिव जोखबहादुर महराले भने।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।