पाँचथर : फिदिममा चोरी गर्न गएका एक व्यक्तिले एक तोला सुन निलेको पाइएको छ। चोरी गर्न गएका फिदिम नगरपालिका-१ का २८ वर्षीय सुरेन्द्र योङ्याले ए...
भक्तपुर : कक्षा १२ को विज्ञान सङ्कायको परीक्षामा अनुत्तीर्ण भएपछि गएराति एक किशोरीले आत्महत्या गरेकी छन्।
भक्तपुरको अनन्तलिङ्गेश्वर नगरपालिका–८ सिरुटारकी १७ वर्षीया अनुजा मिश्रको शव झुन्डिएको अवस्थामा भेटिएको महानगरीय प्रहरी बृत्त थिमिले जानकारी दिएको छ।
पढाइ राम्रो भए पनि परीक्षाको परीक्षाफलमा अनुत्तीर्ण भएपछि उनले आत्महत्या गरेको प्रहरीको भनाइ छ। कक्षा १२ को परीक्षाको परीक्षाफल आइतबार सार्वजनिक भएको थियो।
मिश्रको शव परीक्षण लागि शिक्षण अस्पताल पठाइएको प्रहरीले बताएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।