अर्थ

शेयर बजारमा सुधार, पाँच प्रतिशतले बढेपछि कारोबार स्थगित

साउन २५, २०७३

    काठमाडौं : सरकार परिवर्तनसँगै ओरालो लागेको शेयर बजारमा मंगलबार उल्लेख्य सुधार आएको छ। सेयर बजार पाँच प्रतिशतले बढेपछि मंगलबारको कारोबार स्थगित गरिएको छ।

    ३० करोडको कारोबार हुँदासम्म नेप्से ८४.५५ अंकले बढेको थियो।  मंगलबार सेयर बजार खुल्नेबित्तिकै चार प्रतिशतले नेप्से बढेको थियो। त्यसपछि लगाइएको सर्किट ब्रेक हटाइए लगत्तै फेरि एक प्रतिशत बढेपछि दिनभरकै लागि कारोबार नै स्थगित गरिएको हो। नेप्से बढेपनि कारोबार भने २९ करोड ८३ लाख रुपैयाँ मात्र भयो।

    सोमबार भने नेप्से ओरालो लागेका कारण सर्किट ब्रेक लगाइएको थियो। बजार ओरालो लागेपछि धितोपत्र बोर्डले त्यस्तो कारण नभएको जनाउँदै सम्पति शु्द्धीकरण समिति विघटन गरेको थियो।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]