समाज

‘दलित युवा सम्मेलन’ शुरु

कात्तिक २२, २०७४

    काठमाडौं : ‘जातीय भेदभाव तथा छुवाछूत उन्मूलनका लागि दलित युवाको सहभागिता’ भन्ने मूल नाराका साथ दलित युवा सम्मेलन आजदेखि शुरु भएको छ।

    दुई दिनसम्म चल्ने सो सम्मेलनमा ‘जातीय भेदभाव उन्मूलनका लागि युवा राजनीतिज्ञको भूमिका’, ‘सामाजिक आन्दोलन र दलित अधिकार’, ‘संवैधानिक अधिकार र कानून कार्यान्वयनमा दलित युवा’ तथा ‘दलित अधिकार प्राप्तिका लागि आम सञ्चारको भूमिका’ लगायतका विषयमा छलफल गरिनेछ।

    दलित युवा एलायन्सद्वारा आयोजित उक्त सम्मेलनमा देशैभरिबाट करिब सयजना दलित युवाको सहभागीता रहेको आयोजकले जनाएको छ। सम्मेलनले काठमाडौँ घोषणापत्रसमेत जारी गर्नेछ।

    सम्मेलनको उद्घाटन गर्दै वाणिज्यमन्त्री मीन विश्वकर्माले अधिकार प्राप्तिका लागि दलित युवाहरूले संविधान कार्यान्वयनमा जोड दिनुपर्ने बताए।

    दलित समुदायले भोग्दै आएको जातीय भेदभाव तथा छुवाछूतको समस्या मात्रै भन्दा पनि उनीहरूको आर्थिक, सामाजिक र सांस्कृतिक समस्यालाई एकमुष्ट रूपमा समाधान खोजिनुपर्ने उल्लेख गर्दै उनले सिमित स्रोत÷साधन प्रयोग गरी नेपालमै रोजगारीको सिर्जना गरी विदेशिएका युवालाई स्वदेशमै रोजगारीको व्यवस्थ गर्नेतर्फ सरकार लागिपरेको बताए।

    नेपाल युवा परिषद्का अध्यक्ष सरोज बाँनिया, राष्ट्रिय युवा गैरसरकारी संस्था महासंघ नेपालका अध्यक्ष कमल सुवेदी र युथ एड्भोकेशी नेपालका अध्यक्ष नरेन खतिवडा लगायतले दलित समुदायका समस्या समाधानकान लागि गैरदलितसँगै अगाडि बढ्नुपर्ने विचार व्यक्त गरे।

    दलित युवा एलायन्सका अध्यक्ष चेतनारायण रसाइलीले दलित समुदायका युवाहरूको क्षमता अभिवृद्धिका लागि पनि सम्मेलनको आयोजना गरिएको बताए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]