समाज : सुरक्षा/अपराध

बर्मा हत्याकाण्डको छानबिनको माग गर्दै माइतीघरमा दबाब

कात्तिक २४, २०७४

    काठमाडौं: नेपाल बैंक बर्दियाको गुलरिया शाखाका प्रमुख प्रमोद बर्माको हत्याकाण्डको निष्पक्ष छानबिन गर्न माग गर्दै शुक्रबार काठमाडौंको माइतीघर मण्डलामा युवाहरूले दबाबमूलक कार्यक्रम गरेका छन्।

    विभिन्न कामको शिलशिलामा काठमाडौंमा बसोवास गर्दै आएका दङ्गाली युवाहरूले बर्मा हत्याकाण्डको निष्पक्ष छानबिनको माग गर्दै दबाबमूलक कार्यक्रम गरेका हुन्। किरण थापा, सुशील अधिकारी, समीर गिरी, प्रकाश कुँवर, सन्तोष बस्नेतलगायतका दङ्गाली युवाहरूको पहलमा उक्त कार्यक्रम गरिएको हो।

    त्यस अवसरमा बोल्दै नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष विपुल पोख्रेल, पत्रकार देविका घर्ती मगर, युवा अधिकारकर्मी सुशील अधिकारीले मृतक बर्माले आत्महत्या गरेको नभई हत्या गरिएको भन्दै दोषीलाई कारबाही हुनुपर्ने बताए। घटनाको प्रकृति, घटनास्थल हेर्दा सामान्य नागरिकले पनि हत्या भएको ठहर्‍याउने भन्दै मृतकका परिवारलाई न्याय दिलाउनतिर नभएर राज्य नै घटना ढाकछोपतिर लागेको भन्दै पीडित परिवारलाई न्याय दिलाउन उनीहरूले माग गरे।

    दाङको घोराहीस्थित रेडियो स्वर्गद्वारीमा कार्यरत पत्रकार पार्वती बस्नेतका श्रीमान बर्मा नेपाल बैंक लिमिटेड बर्दिया गुलरिया शाखामा शाखा प्रबन्धकका रूपमा कार्यरत थिए।

    बर्मा गत साउन २३ गते बाँके जिल्लास्थित अगैयाको जंगलमा मृत फेला परेका थिए। उक्त घटनालाई राज्यले गम्भीर रूपमा नलिएर अहिलेसम्म पनि मुद्दा अदालतसम्म नपुगेको भन्दै परिवारजनले निष्पक्ष छानबिन गरी न्याय दिलाउन माग गर्दै आएका छन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]