समाज

लागुऔषधसहित सशस्त्र प्रहरीका जवान पक्राउ

कात्तिक २५, २०७४

    उदयपुर : उदयपुरको कटारीमा एक सशस्त्र प्रहरी जवान लागुऔषधसहित पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय कटारीको मातहतमा रहेको बेलस्रोत प्रहरी चौकीको चेकजाँजको क्रममा शुक्रबार पक्राउ परेका हुन्। कटारी नगरपालिका ५ का  घर भई हाल सीमा सुरक्षा बेस क्याम सन्हैठा सिरहामा कार्यरत २९ वर्षे सशस्त्र प्रहरी जवान सुजन धामी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी मेघराज अधिकारीले बताए।

    अधिकारीका अनुसार सिराहाको मिर्चैयाबाट कटारी बजार आउँदै गरेको स२प९२६५ नम्बरको १ सय ५० सिसीको अनटेस्ट पल्सर मोटर साइकल र लागुऔषधसहित सशस्त्र प्रहरी जवान सुजन धामी पक्राउ परेका हुन्।

    धामीको साथमा अन्य तीनजना पनि पक्राउ परेका छन्। पक्राउ पर्नेमा कटारी नपा ४ बस्ने वर्ष २० वर्षे ज्ञानदीप मगर, सिन्धुली दुधौली नगरपालिका  ५ बस्ने २६ वर्षका अर्जुन दनुवार र सोही ठाँउका २४ वषर्का रमेश खत्री छन्। पक्राउ परेकाहरुको साथबाट डाइजोपाम २० ट्याबलेट, डेलेस म्अ ७ बोतल, स्पाग्मोप्रोसिभम ८ ट्याब्लेट बरामद गरिएको इलाका प्रहरी कार्यालय कटारीले जानकारी दिएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]