खेलकुद

यु-१९ युथ एसियाकपमा नेपालको ऐतिहासिक जित, भारत १९ रनले पराजित

फोटो : thehimalayantimes.com
कात्तिक २६, २०७४

    काठमाडौं : १९ वर्षमुनिको युथ एसिया कप क्रिकेटमा नेपालले भारतमाथि ऐतिहासिक जित हात पारेको छ। कप्तान दीपेन्द्रसिंह ऐरीको प्रेरणामा नेपालले भारतलाई पहिलोपटक पराजित गरेको हो। मलेसियाको वायुमास ओभल मैदानमा भएक खेलमा १ सय ८६ रनको लक्ष्य पछ्याएको भारत १९ रनले पराजित भयो। भारत ४८.१ ओभरमा १ सय ६६ रन बनाउँदा अलआउट भयो।

    भारतलाई सस्तैमा समेट्न नेपालका कप्तान दीपेन्द्रसिंह ऐरी एक्लैले ४ विकेट लिए। १० ओभर बलिङ गरेका उनले २ मेडन राख्दै ३९ रन खर्चेर ४ विकेट लिए। त्यस्तै पवन सर्राफ र सहाब आलमले २/२ विकेट लिए भने सन्दीप लामिछाने र कमलसिंह ऐरीले १/१ विकेट लिए।

    भारतका लागि कप्तान हिमांशु रानाले ४६, मञ्जुत कालराले ३५, अभिषेक शर्माले २७ र अनुज रावतले १८ रन जोड्नुबाहेक अन्य ब्याट्सम्यानले उल्लेख्य रन जोड्न सकेनन्।

    पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर १ सय ८५ रन जोडेको थियो। नेपालका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले ८८, जितेन्द्र सिंहले ३६, भीम सार्कीले १५ रन जोडे। त्यस्तै सन्दीप लामिछाने ९, किशोर महतो ७, अनिलकुमार साह र रोहितकुमार पौडेलले ६/६, कमलसिंह ऐरीले ५, आसिफ सेखले ३ र पवन सर्राफले १ रन जोडे।  

    बलिङतर्फ भारतका आदित्य थाकरेले ४, शिव सिंह र अभिषेक शर्माले २/२ विकेट लिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]