समाज

म्याग्दीको गलेश्वरमा बाँदर अातंक

फाइल फोटो
पुस २, २०७४

    बेनी (म्याग्दी) : गलेश्वरधाम क्षेत्रको पश्चिमतर्फ रहेको सल्लेरीको जंगलमा काठमाडौंको पशुपतिनाथ मन्दिर क्षेत्रबाट ल्याएर छोडिएका बाँदरको संख्या अप्रत्यासित रूपमा बढेपछि कृषकलाई समस्या भएको छ। 

    बेनी नगरपालिका–९ मा पर्ने सल्लेरीको जंगलमा विगत केही वर्षयता बढेका बाँदरले कृषकले अन्नबाली सखाप पार्नुका साथै गलेश्वर शिवालय क्षेत्रमा दर्शनका लागि पुगेका भक्तजनलाई दुःख दिने गरेका छन्। हुलका हुल अाउने बाँदरले अन्नबाली नष्ट गर्नुका साथै घरभित्र नै पसेर क्षति पुर्‍याउन थालेपछि कृषक समस्यामा परेको स्थानीय प्रकाश शर्माले बताए। 

    शर्माका अनुसार केही वर्षअघि काठमाडौंको पशुपति क्षेत्रमा रहेका बाँदरमा प्राणघातक रोग देखा परेपछि तिनलाई गलेश्वर क्षेत्रमा लगेर छोडिएको भन्ने चर्चा चलेको थियो। सल्लेरी तथा त्यस क्षेत्र वरपर बसोबास गर्ने कृषकले लगाएको नगदेबाली, बेमौसमी बालीलगायत फलफूल खेतीमा बाँदरले ठूलो क्षति पुर्‍याएको स्थानीय रामदास बैरागीले जानकारी दिए। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]