समाज

दाङमा डीएपी मल अभाव

जेठ २९, २०७५

    दाङ : बर्खे खेतीको सिजन सुरु हुन लाग्दा दाङमा डीएपी मलको अभाव भएको छ। सरकारले अनुदानमा प्रदान गर्दै आएको मलको चरम अभावमा भएको कृषि सामग्री केन्द्रले जनाएको छ। 

    कृषि सामग्री केन्द्रका अनुसार दाङमा चार हजार मेट्रिक टन डीएपी मल आवश्यक पर्दछ। तर अहिलेसम्म एक हजार ५०० मेट्रिक टन मात्रै आएको छ। केन्द्रमा दैनिक ठूलो संख्यामा किसान मलको खोजीमा आए पनि रित्तै हात फर्काउनु परेको कृषि सामग्री केन्द्र तुलसीपुरका प्रमुख तीर्थराज प्रमुख न्यौपानेले बताए। 

    कृषि सामग्री केन्द्र तुलसीपुरका प्रमुख तीर्थराज न्यौपानेले जिल्लामा डीएपी मलको चरम अभाव रहेको बताए। ‘हामीसँग डीएपी मल छैन,’ उनले भने, ‘भएकाल विभाजन गरेर थोरै किसानलाई मात्र दिएका छौं।’ मल निर्यातको जिम्मा लिएको केन्द्र र साल्ट ट्रेडिङले जिम्मेवारी पूर्वक काम नगर्दा अभाव भएको केन्द्रले जनाएको छ। 

    दाङमा केन्द्रले ७० प्रतिशत र ट्रेडिङले ३० प्रतिशत मल आपूर्ति गर्दै आएको छ। जिल्लामा डीएपी र युरिया चार चार हजार हजार मेट्रिक टन र पोटास १०० मेट्रिक टन बर्सेनि खपत हुने केन्द्रले जनाएको छ।  धान र मकै रोप्ने सिजनका बेला अनुदानमा प्राप्त हुने रासायनिक मल नपाउँदा किसानहरुले महँगोमा व्यापारीबाट मल खरिद गर्नु परेको किसानको गुनासो छ। 

    धानको बीउ राख्ने बेला डीएपी मल अभाव भएको तुलसीपुर–११ उरहीका किसान केदार आचार्यले बताए। उनले दैनिकजसो केन्द्रमा धाइरहे पनि डीएपी मल नपाएको गुनासो गरे।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]