राजनीति

प्रदेश ७ सरकारविरुद्ध भण्डाफोर अभियान चलाउने कांग्रेसको चेतावनी

असार ७, २०७५

    कैलाली : प्रदेश ७ को सरकारले ल्याएको बजेट गन्तव्यहीन भएको भन्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरूले विरोध गरेका छन्।

    बिहीबार प्रदेश सभामा धारण राख्दै नेपाली कांग्रेसका प्रदेशसभा सदस्यहरूले बजेट उत्पादनमुलक नभएको बताएका हुन्। नेपाली कांग्रेसका सांसद डिल्लीराज पन्तले सरकारले बिना योजना बजेट ल्याएको बताए। ‘सात नम्बर प्रदेशमा ४२ प्रतिशत नागरिक गरिबीको रेखामुनि छन्, गरिबी न्यूनिकरणका लागि सरकारको योजना खै? पन्तले प्रश्न गरे। अल्पकालिन, मध्यकालिन र दीर्घकालिन योजना तयार नगरेरै बजेट ल्याइएको उनले बताए।

    सरकारले आर्थिक बृद्धिदर हासिल गर्ने गरी बजेट ल्याएको बताएपनि त्यसको कुनै आधारमा बजेटमा नरहेको पन्तको धारणा थियो। ‘कृषीबाट आर्थिक समृद्धि गर्ने भनिएको छ, तर यसको कुनै खाका छैन’, पन्तले भने।

    प्रदेश सरकारले ल्याएको बजेटका विषयमा धारणा राख्दै कांग्रेसका अर्का सांसद टेकबहादुर रैकाले सरकारले प्रतिपक्षको कुनै योजनाहरू नसमेटेको भन्दै आक्रोश पोखे।

    पटकपटक प्रतिपक्षलाई पनि योजना छनोटका लागि छलफलमा बोलाएर बजेटमा प्रतिपक्षले दिएका कुनै योजना नपारिएको उनको भनाइ थियो। ‘हामी के सांसद होइनौँ?, हामीलाई के जनताले जिताएका होइनन्?, अनि सरकारले किन हाम्रा योजना नसमेटेको?’ उनले भने।

    रौकाले सरकार यसरी नै अगाडी बढे प्रदेश ७ मा भण्डाफोर अभियान सञ्चालन गर्ने चेतावनी दिए।

    सरकारले संसद विकास कोषको व्यवस्था नगरेको भन्दै श्यामलाल रानाले बजेटको आलोचना गरेका थिए। नेपाली कांग्रेसकै सांसद रानाले सरकारलाई सहयोग गर्दा गर्दै पनि सरकारले मनोमानी ढंगले बजेट ल्याएको आरोप लगाए।

    ‘सरकारले सुझाव लिन हामीलाई पनि बोलायो, हामीले पनि प्रदेशको समृद्धि ल्याउने गरि सुझाव दियौँ तर बजेटमा ती सुझावहरूको कुनै अर्थ नै रहेन’ रानाले भने।

    बजारको गीत सम्झदै सांसद रानाले संसद भित्रै भने ‘बेहुला बनाउछुँ भन्थ्यो बहुला बनाएर गयो।’

    आर्थिक वर्ष २०७५-०७६ का लागि आर्थिक मामिला तथा योजना मन्त्रालयले असार १ गते २५ अर्ब ६ करोड ५६ लाखको बजेट ल्याएको थियो। सरकारले ल्याएको बजेटका विषयमा असार ४ गतेदेखी प्रदेशसभामा छलफल जारी रहेको छ।

    बिहीबार दोस्रो दिनको छलफलमा प्रतिपक्षी दल नेपाली कांग्रेसका तीन जना प्रदेशसभा सदस्यहरूले धारणा राखेका हुन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]