समाज

वडा अध्यक्षद्वारा विद्यार्थीलाई ५० हजारका पोसाक

असार १२, २०७५

    दाङ : तुलसीपुर उपमहानगरपालिका ५ का वडा अध्यक्ष विरेन्द्रकुमार शाहले गरिब विद्यार्थीलाई आफ्नो निजी खर्चमा करिब ५० हजार बराबरको पोसाक वितरण गरेका छन्। जनश्रमिक प्रावि तुलसीपुर ५ विशाल नगरमा मंगलबार वडा अध्यक्ष शाहले १०६ जना गरिब विद्यार्थीलाई पोसाक वितरण गरेका हुन्।

    विद्यालयकी प्रधानाध्यापक सुशीला भट्टराईले वडा अध्यक्ष शाहले व्यक्तिगत ५० हजार खर्च गरेर विद्यार्थीलाई पोसाक वितरण गरेको बताइन्। कुनै पनि बालबालिका गरिबीका कारण विद्यालय नजाने वातावरण उत्पन्न नहोस् भन्नका लागि आफूले निजी खर्चमा पोसाक वितरण गरेको बताए। उक्त विद्यालयमा अध्यनरत सबै विद्यार्थीलाई पुस्तक वितरण गर्ने शाहले बताए।

    उक्त विद्यालयमा झन्डै ९३ प्रतिशत दलित तथा गरिब र विपन्न परिवारका छोराछोरी अध्ययनरत छन्। जम्मा तीनजना विद्यार्थी मात्रै बाहुन र क्षेत्री समुदायका रहेको प्रधानाध्यापक भट्टराईले बताइन्। गत वर्ष पनि वडा अध्यक्ष शाहले ज्ञानज्योति आधारभूत विद्यालय तुलसीपुर ५ सुन्दरनगरमा १ लाखबराबरको पोसाक वितरण गरेका थिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]