राजनीति

जनतालाई स्वच्छ खानेपानी उपलब्ध गराउन प्रयासरत छौँ : मन्त्री मगर

असार १२, २०७५

    काठमाडौं : खानेपानीमन्त्री बिना मगरले जनतालाई स्वच्छ पानी उपलब्ध गराउने सरकारको दायित्व भएको र त्यसका लागि मन्त्रालय लागिपरेको बताएकी छन्।

    प्रतिनिधिसभाको मंगलबारको बैठकमा खानेपानी मन्त्रालयको लागि विनियोजनमाथि उठेका प्रश्नको जवाफ दिँदै उनले स्वच्छ पानी उपलब्ध गराउने जानकारी गराएकी हुन्।

    उनले तराई मधेसका जिल्लामा आर्सेनिक मुक्त पिउने पानीको प्रबन्ध गर्न सरकार प्रयासरत रहेको बताइन्।

    उनले मेलम्ची खानेपानी आयोजनामा भएको ढिलाइ र विवाद मिलिसकेको जानकारी गराएकी छन्। उक्त आयोजनामा भएको ढिलाइप्रति मन्त्रालय गम्भीर भएको र त्यसलाई छिटो सक्नेबारे काम भइरहेको उनको भनाइ थियो। उनले इटालीको ठेकेदार कम्पनीले मागेजस्तो थप रकम नदिने र समय पनि थप उपलब्ध नगराउने निर्णय भएको जानकारी गराइन्। इटालीबाट उच्च स्तरका अधिकारीलाई काठमाडौं झिकाएर थप कुरा गर्ने पनि उनले जानकारी गराइन्।

    अहिले ठेकेदार कम्पनी र सरकारबीच मेलम्ची खानेपानी दशैं अगाडि नै ल्याउने लिखित सहमति भएको पनि उनले जानकारी गराइन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]