समाज

ताला लाएको आफ्नै कोठामा मृत फेला

असार १२, २०७५

    रुकुम : रुकुम पश्चिमको मुसीकोट नगरपालिका-१ सल्लेमा एक महिला मृत फेला परेकी छन्।  घरको आफ्नै कोठामा ४५ वर्षीया आइती बुढाको शव मंगलबार फेला परेको हो।

    बाहिरबाट ताला लाएको अवस्थामा बुढाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी प्रमुख सुमित खड्काले जानकारी दिए। प्रहरीका अनुसार मृतक बुढाका छोराले ताला फोरेर भित्र जाँदा आमाको शव भेटिएको भन्दै प्रहरीलाई खबर गरेका थिए।

    केही दिनदेखि कोठामा ताला लागेको र आमालाई कतै नदेखेपछि ताला फोडेको मृतकका छोराले प्रहरीलाई बताएका छन्। शव गन्हाउने अवस्थामा भेटिएकाले घटना पुरानो हुन सक्ने प्रहरीले अनुमान छ। मृतकको निधारमा गहिरो चोट समेत रहेको छ। घटना रहस्यमय देखिएकाले आवश्यक अनुसन्धान भइरहेको प्रहरीको भनाई छ। 
     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]