अर्थ

१० वर्षमा दुई हजार किलोमिटर रेलमार्ग: अर्थमन्त्री डा. खतिवडा

फाइल फोटो
असार १२, २०७५

    काठमाडौं : अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी १० वर्षमा नेपालले दुई हजार किलोमिटर रेलमार्ग निर्माण गर्ने बताएका छन्। मंगलबार भारतको मुम्बाइमा भएको एसियाली पूर्वाधार लगानी बोर्डको बैठकमा मन्त्री खतिवडाले दुई हजार किलोमिटर रेलमार्ग नसर्माण गर्ने लक्ष्य सहित सरकार अघि बढेको बताएका हुन्। 

    उनले १० वर्षमा ७० हजार किलोमिटिर सडक सञ्‍जाल विस्तार गरिने बताए। जलविद्युत, विमानस्थलर र होटरल क्षेत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानी विस्तार गर्ने नीति सहित सरकार अघि बढेको बताए।

    खतिवडाले आगामी १० वर्षमा वार्षिक ५० लाख पर्यटक विस्तार गर्ने लक्ष्यसहित पूर्वधार विकासमा अघि बढेको बताए। खतिवडाले अपेक्षित गतिमा सरकारले प्रभावकारी पूर्वधार विकासको काम गर्न नसकेको स्विकारे।

    स्थानीय र प्रदेश तहमा३६ हजार जनप्रतिनिधि निर्वाचित भए पनि विकास निर्माणका प्रक्रियामा समस्या रहेको खतिवडाले बताए। उनले सन् २०३० सम्ममा दीगो विकास लक्ष्य हासिल गर्न पनि सरकरा प्रतिबद्ध रहेको खतिवडाले जानकारी गराएका छन्। 
     
     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]