अर्थ

सुरक्षाका कारण स्थानीय तहमा बैंक स्थापना गर्न ढिलाई भयोः राष्ट्र बैंक

साउन १, २०७५

    काठमाडौं : नेपाल राष्ट्र बैंकले केही स्थानीय तहमा सुरक्षाका कारण बैंक स्थापना गर्न ढिलाई भईरहेको स्पष्ट पारेको छ। नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले केही स्थानीय तहमा खोलिएको बैंकमा पनि सुरक्षाको उचित प्रबन्ध गरिदिन सरकारसँग अनुरोध गरे।

    रसुवालगायतका केही जिल्लामा स्थानीय राजनीतिक दलहरुले आफ्ना कार्यकर्तालाई रोजगारी नदिएको भन्दै कर्मचारीहरुलाई लखेटेपछि बैंक संचालनमा समस्या आएको भन्दै उनले सुरक्षाको उचित व्यवस्था गर्न अर्थ मन्त्रालयसँग अनुरोध गरे।

    राष्ट्र बैंकले यही असार मसान्तसम्म सबै स्थानीय तहमा बैंक संचालन गरिसक्ने योजना बनाएको थियो। डेपुटी गभर्नर शिवाकोटीले कतिपय स्थानमा सुरक्षा चुनौतिका कारण बैंक संचालनमा कठिनाई भईरहेको पनि स्पष्ट पारे। ७ सय ५३ वटा स्थानीय तहमध्ये हालसम्म ५ सय ५६ वटा स्थानीय तहमा मात्रै बैंक स्थापना गरिएका छन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]