समाज : सुरक्षा/अपराध

भारतीय रुपैयाँसहित चार नेपाली पक्राउ

साउन २, २०७५

    बुटवल : चारजना नेपालीलाई भारतीय नोटसहित प्रहरीले बुधवार भैरहवाबाट पक्राउ गरेको छ। नक्कली नोट कारोबारको आशंकामा भैरहवास्थित होटल ह्वाइट लोटसबाट प्रहरीले चारजनालाई पक्राउ गरेको हो।

    उनीहरूको साथबाट पुरानो भारु एक हजार दरको नोटहरू दुर्इ हजार ६५० थान र ५०० दरको नोटहरू पाँच हजार ३०० थान गरी ५३ लाख बरामद भएको छ।

    पक्राउ पर्नेहरूमा रुपन्देहीको रोहिणी गाउँपालिका–५ का ५४ वर्षीय दूधनाथ योगी, सिद्धार्थनगर नगरपालिका–२ का ३७ वर्षीय गणेश थापा, बुटवल उपमहानगरपालिका–१६ का ४२ वर्षीय हेमराज कठरिया र सिद्धार्थनगर नगरपालिका–८ का ३८ वर्षीय राजु बुढाथोकी रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीद्वारा जारी विज्ञप्तीमा जनाइएको छ।

    बरामद गरिएको भारतीय रुपैयाँ र पक्राउ परेका व्यक्तिहरूलाई थप अनुसन्धान तथा कारवाहीका लागि राजस्व अनुसन्धान विभाग, काठमाडौं पठाइएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]