समाज

बागलुङमा जिप दुर्घटना, पत्रकार महासंघका पूर्वमहासचिव उजिर मगरसहित १४ घाइते

साउन ३, २०७५

    काठमाडौं : बागलुङकाे गलकोटको रईलेखोला नजिक जिप दुर्घटना हुँदा १४ जना घाइते भएका छन्। 

    बागलुङ बजारदेखि बुर्तिवाङको लागि छुटेको ध १ज १४९ नम्बरको जीप अनियन्त्रीत भई सडक नालीमा पल्टीदा जीपमा सवार १४ जना घाईते भएको ईलाका प्रहरी कार्यालय हरिचौरका प्रहरी नायव निरीक्षक मन बहादुर बिकले जानकारी दिए। घाईते मध्ये चार जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ।

    गम्भिर घाईते हुनेमा बडिगाड गाउँपालिका–५ की संगीता पुन,  गल्कोट नगरपालिका–१० पाण्डवखानीका दिपक पुन, पत्रकार महासंघका निर्वतमान महासचिव ढोरपाटन नगरपालिका–४ का उजिर मगर र बडिगाड–९ का दिलेन्द्र बुढा मगर रहेका छन्। 

    अन्य घाईतेमा बेनी नगरपालिका–३ की तिर्सना छन्त्याल, सोही स्थानीकी कल्पना छन्त्याल, बडिगाड गाउँपालिका–९ का सुमन बुढा मगर र काठेखोला गाउँपालिका–३ धम्जाका टिकाराम नेपाली रहेको प्रहरी नायव निरीक्षक मनबहादुर विकले जानकारी दिए। गम्भीर घाईते सहितका ८ जनलाई आरोग्य अस्पताल हटियामा सामान्य उपचार पछि पोखरा रिफर गरिएको प्रहरीले जनाएको छ। 

    अन्य घाईते निसीखोला गाउँपालिका–४ का मकर थापा, कावासेती नगरपालिका १५ नवलपरासीका राजकुमार श्रेष्ठ, बडीगाड गाउँपालिका–३ का कृष्ण थापा, ढोरपाटन नगरपालिका–९ का मन्जु कार्की र उहाँकी छोरी रञ्जिता कार्की, बडिगाड गाउँपालिका–६ का लोकबहादुर खत्री रहेका छन्।  उनीहरुको आरोग्य अस्पताल हटियामा उपचार भैरहेको बताइएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]