राजनीति

प्रदेश ७ को नाम दशरथचन्द राख्‍न अनुरोध

साउन २६, २०७५

    बैतडी : प्रदेश नं.७ को नाम शहीद दशरथचन्दको नामबाट नामाकरण गर्न शहीद दशरथचन्द स्मृति प्रतिष्ठान बैतडीले प्रदेश सरकारलाई अनुरोध गर्ने निर्णय गरेको छ। शहीद दशरथचन्दको जन्मघरमा शनिबार सम्पन्न स्मृति प्रतिष्ठानको २४ औं वार्षिक साधारणसभाले प्रदेश नम्बर सातको नाम शहीद दशरथचन्दको नामबाट राख्न प्रदेशका सम्पूर्ण प्रदेशसभा सदस्यलाई अनुरोध गर्ने निर्णय गरेको हो।

    नामाकरणका लागि प्रदेशका ५३ वटै प्रदेशसभा सदस्यलाई पत्राचार गर्ने निर्णय भएको शहीद दशरथचन्द स्मृति प्रतिष्ठानका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए। महान शहीद दशरथचन्दको नामबाट नामाकरण गरे प्रदेशभरीका सबै नागरिकलाई सर्वस्वीकार्य हुने भएकोले यस्तो निर्णय गरेको उनले बताए।

    साथै  बैतडीमा प्राविधिक शिक्षालय स्थापनाका लागि पहल गर्ने निर्णय पनि भएको छ। गरिब नागरिकका छोराछोरीको प्राविधिक शिक्षामा सहज रूपमा पहुँच पुगाउने उद्देश्यले प्राविधिक शिक्षालय स्थापना गर्ने निर्णय भएको प्रतिष्ठानले जनाएको छ।

    यस्तै, शहीद दशरथचन्दको जीवनीमा आधारित वृत चित्र निर्माण गर्ने, शहीद दशरथचन्दको इतिहास समेटिएको ग्रन्थ प्रकाशन गर्ने निर्णयसमेत गरिएको छ। यसका लागि दशरथचन्द नगरपालिकाले १० लाख विनियोजन गरेको छ। साधारणसभामा गत आर्थिक बर्षको ३० लाख ३५ हजार १०९ रुपैयाँको आयव्यय विवरण प्रस्तुत गरिएको छ भने चालु आर्थिक वर्षका लागि १ करोड ६७ लाख ३३ हजार रुपैयाँबराबरको बजेट प्रस्ताव गरिएको छ। यस्तै शहीद दशरथचन्दको जन्मघरसम्म पुग्नेबाटोमा निर्माण भइरहेको गेटलाई पूर्णता दिनका लागि स्थानीय तहहरुसँग आग्रह गर्ने उपाध्यक्ष विनोदबहादुर चन्दले बताए।

     प्रतिष्ठानका अध्यक्ष चतुरबहादुर चन्दको अध्यक्षतमा सम्पन्न भएको बार्षिक साधारणसभामा दशरथचन्द नगरपालिकाका प्रमुख नरेन्द्रसिंह थापा प्रमुख अतिथी रहनुभएको थियो।

     

विनोद सिंह विष्ट

विष्ट थाहा खबरका बैतडी समाचारदाता हुन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]