अर्थ

फ्याक्टले सेजन सदस्यलाई फेलोसिप दिने

भदौ ४, २०७५

    काठमाडौंः नेपाल आर्थिक पत्रकार समाज (सेजन) र फ्याक्ट रिसर्च एण्ड एनालिटिक्स रिसर्च कम्पनीबीच आर्थिक अनुसन्धानलाई प्रवद्र्धन गर्न सेजन सदस्यलाई फेलोसिप उपलब्ध गराउने सम्झौंता गरिएको छ।

    सोमबार काठमाडौंमा एक कार्यक्रमका बीच सेजन र कम्पनीबीच आर्थिक अनुसन्धानलाई प्रवद्र्धन गर्न सेजन सदस्यलाई फेलोसिप उपलब्ध गराउने सम्झौंता पत्रमा हस्ताक्षर गरिएको हो। स्वर्गीय सञ्‍जय न्यौपानेको नाममा स्थापना गरिएको 'स्व. सञ्‍जय न्यौपाने आर्थिक अनुसन्धान फेलोसीप' सेजनका अध्यक्ष पुष्पराज आचार्य र फ्याक्टका महाप्रवन्धक मनिष झाले हस्ताक्षेर गरे। 

      फेलोसिपका लागि कम्पनीले वार्षिक ५० हजार रुपैयाँ सेजनलाई उपलब्ध गराउने गरी सम्झदारी गरिएको सेजनका महासचिव भीम गौतमले जानकारी दिए। यो फेलोसिप हरेक वर्ष सेजन स्थापना दिवसको अवसर पारेर वितरण गरिनेछ । फेलोसिपका लागि सेजनका पूर्व अध्यक्ष, कम्पनीका महाप्रबन्धक तथा सेजनका अध्यक्ष अथवा कार्य समितिबाट अध्यक्षले तोकेका व्यक्ति रहने गरी एक मूल्यांकन समिति गठन गर्ने व्यवस्था पनि गरिएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]