राजनीति

दशैंमा जस्तै बकर ईदमा विदा दिइयोस् : सांसद बोगटी

भदौ ५, २०७५

    काठमाडौं : विभिन्न समुदायले मनाउने पर्वका दिन दिइँदै आएको विदा कटाएकोमा सरकारले त्यसलाई सच्याउनुपर्ने माग संसदमा उठेको छ। सांसद कविता बोगटीले मंगलबार बसेको राष्ट्रिय सभा बैठकको शून्य समायमा बोल्दै मुस्लिम समुदायको पर्वमा विदा कटौती गर्न नहुने बताइन्।

    उनले मुस्लिम समुदायको महान पर्व बकर ईदमा सार्वजनिक विदा दिन सरकारसँग माग गरेकी छन। सांस्कृतिक विशेषता बोकेको मुलुकमा कुनै पर्वमा मात्र विदा दिने र कुनैमा नदिने गर्दा राम्रो नहुने उनको भनाइ थियो। उनले मुस्लिम समुदायको पर्व इदमा विदा नदिएको कुरा सच्याउँदै बकर ईदमा विदा दिन आग्रह गरेकी हुन्।

    बकर ईद पर्व भोलि (बुधबार) मनाइँदै छ। सांसद बोगटीले हिन्दुहरूको दशैं जस्तै मुस्लिम समुदायको महान पर्व बकर ईदमा सार्वजनिक विदा दिन सरकारको गम्भीर ध्यानाकर्षण गराएकी हुन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]