अर्थ

पुनर्निर्माणको बाँकी काम सक्‍न थप ६ खर्ब
SHARES

भदौ ३१, २०७५

    काठमाडौं : भूकम्पबाट क्षति भएका भौतिक संरचनाको पुनर्निर्माण र पुनर्स्थापनाका बाँकी कामहरू सम्पन्न गर्न करिब ६ खर्ब रुपैयाँ थप लागत लाग्ने भएको छ।अन्तर्राष्ट्रिय मुद्रा कोषका प्रतिनिधिहरूसँगको छलफलमा प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले ६ खर्ब थप रकमको आवश्‍यकता रहेको बताए। 

    चालु आर्थिक वर्षभित्रसम्ममा पुनर्निर्माणमा तीन खर्ब ३६ अर्ब खर्च रुपैयाँ खर्च हुने उल्लेख गर्दै आवश्यक रकम जुटाउनका लागि सरकार र दातृ निकायसँग छलफल जारी रहेको जानकारी ज्ञवालीले दिए।

    प्राधिकरणले पुर्निर्माणमा पहिलो वर्ष २२ अर्ब, दोस्रो वर्ष ४९ अर्ब, तेस्रो वर्ष १ खर्ब १४ अर्ब रुपैयाँ खर्च गरेको थियो। पुनर्निर्माणका लागि चालु आर्थिक वर्षमा १ खर्ब ५१ खर्ब रुपैयाँ विनियोजन गरिएको छ ।

    २०७३ साल वैशाखमा तयार पारिएको विपद् पश्चातकको पुनर्लाभ कार्यढाँचामा पुनर्निर्माणका लागि नौ खर्ब ३८ अर्ब रुपैयाँ लाग्ने आंकलन गरिएको थियो।

    नेपालको  पुर्निर्माणका लागि  आयोजना गरिएको अन्तर्राष्ट्रिय सम्मेलनमा छिमेकी मुलुक सहित दातृ निकायहरूले प्रतिबद्धता जनाएको जम्मा चार खर्ब १० अर्ब रुपैयाँ मध्ये ६७ अर्ब उद्धार तथा राहत सहितका कार्यक्रममा खर्च भइ ३ खर्ब ४३ अर्ब रहेकोमा त्यसमध्ये २ खर्ब ६२ अर्ब रुपैयाँको सम्झौता भइसकेको छ।

    'पुनर्निर्माणका लागि विनियोजन गरिएको रकम खर्च गरी आवश्यक रकमको व्यवस्थापन र दातृ सम्मेलनमा व्यक्त प्रतिबद्धता अनुसारको रकम जुटाउन पहल गर्छौ, ज्ञवालीले भने 'पुनर्निर्माणका कामहरू अघि बढ्दै गर्दा आवश्यक रकम जुटाउन सहज हुनेछ।'

    अन्तर्राष्ट्रिय मुद्रा कोषका मिसन प्रमुख ग्रीर्ट अल्मेकिन्डर्सले पुनर्निर्माणको क्षेत्रमा पूँजीगत खर्च बढेकोमा प्रशंसा गर्दै पुनर्निर्माणमा हुने खर्चले नेपालको आर्थिक वृद्धिमा महत्वपूर्ण सहयोग पुग्ने बताए। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]