समाज

सम्बन्धविच्छेदका मुद्दा हाल्नेमा पुरुष बढी

कात्तिक १६, २०७५

    घोराही : देवानी तथा फौजदारी संहिता लागू भएसँगै सम्बन्धविच्छेदको मुद्दा दर्ता गराउने पुरुषको सङ्ख्या बढेको छ। दाङ जिल्ला अदालतको साढे दुई महीनाको तथ्याङ्कमा सम्बन्ध विच्छेदको मुद्दा दर्ता गर्नेमा महिलाभन्दा पुरुषको सङ्ख्या धेरै देखिएको हो। 

    अदालतका श्रेस्तेदार चुडामणि रेग्मीका अनुसार उक्त अवधिमा ६१ पुरुष र ५७ महिलालेसम्बन्धविच्छेदको मुद्दा दर्ता गराएका छन्। यसअघि उक्त अदालतमा ११७ सम्बन्ध विच्छेदका मुद्दा परेकामा ४६ मुद्दा फैसला भइसकेको थियो। संहिताबमोजिम पुरुषले पनि सिधै अदालतमा सम्बन्ध विच्छेदको मुद्दा दर्ता गर्न पाउने भएकाले पुरुषको सङ्ख्या बढेको उक्त अदालतका मुख्य न्यायाधीश हेमन्त रावलले जानकारी दिए।

    पारिवारिक असमझदारी, वैदेशिक रोजगार, हतारको निर्णय, स्वतन्त्र रहन चाहनाले सम्बन्धविच्छेदका मुद्दा बढेको उनले बताए। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]