समाज : सुरक्षा/अपराध

भक्तपुरको सल्लाघारीबाट इटालियन पेस्तोलसहित चारजना पक्राउ

पुस १४, २०७५

    भक्तपुर : सशस्त्र प्रहरी बलको औद्योगिक सुरक्षा बलले भक्तपुरको सल्लाघारीबाट इटालियन पेस्तोलसहित चार युवालाई पक्राउ गरेको छ।

    भक्तपुर औद्योगिक क्षेत्रको सुरक्षार्थ खटिएको सशस्त्र प्रहरी बल गुल्म हेडक्वाटर (औद्योगिक सुरक्षा) भक्तपुर २८ नम्बर गुल्मको टोलीले सल्लाघारीस्थित चोंगा गणेश रेष्टुरेन्ट एण्ड बारबाट शनिबार इटालियन अटोमेटिक पेस्तोल एकथान, ७.६५ मि.मि.बाल राउण्ड (गोली) ५ थान र म्यागजिन एक थानसहित उनीहरूलाई पक्राउ गरेको हो।

    पक्राउ पर्नेमा भक्तपुर सल्लाघारीमा बस्दै आएका कालिकोट तिलागुफा नगरपालिका १ का २५ वर्षीय मोतीलाल शाही, कालिकोट तिलागुफा नगरपालिका ३ का २१ वर्षीय बलद्वीप शाही, मुगु जिल्ला खत्ने गाउँपालिका २ बस्ने २२ वर्षीय भीमप्रसाद दाहाल र कालिकोट मैबी गाउँपालिका ६ का १८ वर्षीय जोगेश शाही छन्। उनीहरूलाई गुल्मका सशस्त्र प्रहरी निरीक्षक देवसिंह भाटको कमान्डमा खटिएको टोलीले पक्राउ गरेको हो।

    टोलीले उनीहरूको साथबाट मोवाइल र नगद समेत बरामद गरेको छ। पक्राउ परेका चारै जनालाई बरामद गरेका सामग्रीसहित महानगरीय प्रहरी परिसर भक्तपुरमा आवश्यक कारवाहीको लागि बुझाएको छ। महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकृत रेवतीरमण पोखरेलले सशस्त्रले चारजनालाई पेस्तोलसहित पक्राउ गरी बुझाएको बताउँदै उनीहरूका बारेमा थप अनुसन्धान भइरहेको जानकारी दिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]