समाज

नक्कलीलाई सक्कली सुन भन्दै बेच्ने ६ जना भारतीय पक्राउ

पुस १५, २०७५

    भोजपुर : जिल्लामा सक्कली भन्दै नक्कली सुन बेच्दै ठगी गर्ने ६ जना भारतीय पक्राउ परेका छन्। पौवादुङ्मा गाउँपालिका वास्तिमस्थित गहना बनाइदिन्छु भन्दै ठगी गर्दै हिँड्ने ६ जना भारतीय नागरिकलाई सुन पगाल्ने केमिकलसहित प्रहरीले नियन्त्रणमा लिएको हो।  

    स्थानीय दिलमाया प्रधान, मेनुका प्रधान र बेनमाया प्रधानलाई पुराना सुनबाट नयाँ गरगहना बनाइदिन्छु भन्दै सुन लुकाएको र त्यो सक्कली सुनको सट्टा केमिकलको प्रयोगले पहेँलो धातुको नक्कली सुनको गरगहना बनाइदिएर अन्यत्र जाने क्रममा प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ। पछिल्लो केही महिनायता सानोदुम्मा, ठूलोदुम्मा हुँदै वास्तीमा सुन ठगी गर्दै हिँडेका ती व्यक्तिबारे स्थानीयबासीले थाहा पाएपछि आफूहरूले प्रहरीलाई जानकारी गराएको स्थानीय हर्कबहादुर लकान्द्रीले बताए।  

    सुन ठगीमा संलग्न भारत विहार मोतिहारी घोडासहन १४ का ३१ वर्षीय लबकुश साह,२२ वर्षीय जितेन्द्र साह, १९ वर्षीय श्रवणकुमार साह, २२ वर्षीय रविन्द्र साह, १८ वर्षीय रमेशकुमार साह र ३६ वर्षीय राकेश कुमारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ। ती ६ जना भारतीय नागरिकलाई जिल्ला प्रहरी कार्यालय भोजपुरमा ल्याई ठगीसम्बन्धी कसूरमा मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान भइरहेको डीएसपी केशवकुमार थेबेले जानकारी दिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]