समाज

विनाटेन्डर खरिद गरेको १८ लाखको गहुँको बिउ अलपत्र

पुस १६, २०७५

    जाजरकोट : गत वर्ष असिनाका कारण गहुँबालीको बिउ नै नष्ट भएपछि जाजरकोट बारेकोट गाउँपालिकाले खरिद गरेको गहुँको बिउ रुकुममा अलपत्र परेको छ।

    किसानहरूले बिउको अभावमा समस्यामा परे पनि रु १८ लाखमा खरिद भएको बिउ रुकुमको चिसापानीस्थित एक होटलमा थन्किएको छ। गहुँ लगाउने मौसम बितेपछि  अहिले सो गहुँको बिउको काम नभएको स्थानीय तीर्थराज बोहोराले बताए। गाउँपालिकाले किसानको घरमा बिउ खरिद गरेर समयमै पुयाउने पर्ने भए पनि बाटोमै छाडेर अलपत्र पर्दा किसानहरु आफ्नै खेतबारी बाँझै राख्न बाध्य भएको उनको भनाइ छ।

    गाउँपालिकाले २४० क्विन्टल गहुँको बिउ खरिद गरेको थियो। खरिद गरेको बिउ बाटोमै अलपत्र पारेर गाउँपालिकाको बजेट मात्र सक्ने काम भएको बोहोराले बताए। गहुँको बिउ नहुँदा बारेकोटवासीहरुले दुई दिन हिँडेर छिमेकी गाउँपालिका  र रुकुमबाट समेत ठिमाह बिउ खरिद गरेर केही खेतबारीमा लगाएको तर अधिकांश बाँझै रहेको उनको भनाइ छ। बारेकोटका अधिकांश किसानहरु गहुँबाली लगाउने गर्दछन्। गत वर्ष आएको असिना पानीका कारण गहुँबाली नष्ट हुँदा बिउ नै उठ्न सकेको थिएन। सरकारले यहाँका स्थानीयलाई राहत दिने भने पनि सो कुरामा मात्र समिति भएको थियो।

    स्थानीय सरकारले जनतालाई गहुँको बिउ उपलब्‍ध गराउछु भनेर ठगेको स्थानीयवासीको गुनासो छ। जिल्लाको अत्यन्तै दुर्गम क्षेत्रमा पर्ने यो गाउँपालिका हिमाली भूभागमा पर्दछ। बारेकोट गाउँपालिका कृषि शाखा निर्मित प्रमुख रगबहादुर बपालले भने, ‘हामीले बिउ ढुवानी गर्ने खच्चड नपाउँदा तोकिएको समयमा बिउ बारेकोट लिन सकेनौँ, २४० क्न्टिल मध्य १०८ क्न्टिल बिउ लिएर किसानलाई उपलव्ध गराएका छौ भने बाँकी १३२ क्न्टिल रुकुमको चिसापानीमा रहेको छ।’

    उता बारेकोट गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहले भने ‘बाटो अप्ठ्यारो, खच्च्डको समस्या र प्रशासनले हेलिकप्टर लिन अनुमति नदिँदा बिउ रोकिएको हो।’ यो बिउ खरिद गर्दा टेन्डर गर्नुपर्ने भएपनि बारेकोट गाउँपालिकाले मापदण्ड मिचेर टेन्डर नगरी आफूखुसी बिउ खरिद गरेको खुलेको छ। १० लाख भन्दा माथिको रकममा टेन्डर गर्नुपर्ने भए पनि टेन्डर नै नगरी कर्मचारीले आफैँ बिउ खरिद गरेको खुलेको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]