समाज

विद्यालय ब्युँताउन महायज्ञ

पुस १७, २०७५

    पर्वत :  विद्यार्थी अभावका कारण ६ वर्षदेखि बन्द रहेको  विद्यालय चलाउन जलजला गाउँपालिका महायज्ञ लगाइएको छ। विद्यार्थी नै नपाएपछि २०६८ सालदेखि बन्द रहेको जिल्लाको जलजला गाउँपालिका २ बगरफाँटमा रहेको सिद्धबाबा आधारभूत विद्यालयमा महायज्ञ सञ्चालन गरिएको हो। 

    गुणस्तरीय शिक्षाको खोजीमा अभिभावकहरूले सन्तानलाई सदरमुकाम सार्ने तथा कतिपयले गाउँमै रहेका निजी विद्यालयमा भर्ना गरेपछि विद्यालयमा विद्यार्थी शून्य  भएको थियो। कक्षा १ देखि १० सम्म पठनपाठन सुरु गर्ने उद्देश्यले महायज्ञ लगाइएको वडाध्यक्ष गोविन्द खत्रीले बताए। स्थानीयबासीको पहलमा गत शैक्षिक सत्रबाट कक्षा १ को पढाइ भने सुरु भइसकेको छ। उक्त कक्षामा अहिले ४१ जना विद्यार्थी अध्ययनरत छन्।

    महायज्ञबाट संकलन भएको चन्दाले विद्यालय व्यवस्थित गर्दै प्रत्येक वर्ष कक्षा थप गर्ने, अंग्रेजी र नेपाली दुवै माध्यमका कक्षा सञ्चालन गर्नेलगायत योजना रहेको बताइएको छ। यस्तै कम्प्युटर शिक्षा, आधुनिक पुस्तकालय, स्वच्छ वातावरण निर्माण गरिने महायज्ञ मूल आयोजक समितिका अध्यक्ष हिराबहादुर बरुवालले जानकारी दिए। सोमबारदेखि सुरु भएर पुस २३ गते सम्म सञ्चालन हुने महायज्ञमा पण्डित कमलनयन गौतमले कथा वाचन गरिरहेका छन्। 

    महायज्ञको पहिलो दिन सोमबार गाउँपालिकाका प्रमुख यामबहादुर मल्ल (रामकृष्ण) ले विद्यालयका लागि एक लाख रुपैयाँ सहयोगको घोषणा गरेका छन्। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]