समाज

आँखा झिमिक्क पार्‍यो कि सुन्तला सखाप
SHARES

माघ ५, २०७५

    मुग्लिन : चितवन ईच्छाकामना गाउँपालिकामा बाँदरको आतंकले किसान चिन्तित बनेका छन्।

    'एक छिन सुन्तला बगैँचा छाड्न पाउदैँनन्, आँखा झिमिक्क गर्‍यो की बाँदर आएर सुन्तला सखाप पारिदिन्छन्, बाँदरबाट जोगाउन गाह्रो हुने भएकोले सुन्तला चाडैँ बिक्री गर्नुपर्छ, बाँदर नियन्त्रण गर्ने कुनै उपाय छैन,' वडा नं ४ केराबारी बिसौनाका सुन्ताला कृषक एसपी आले भने।

    करीब दुई बिघाहामा लगाएको सुन्तला धेरैजसो बिक्री गरिसकेको उनले बताए। बाँदरले बाली पनि नष्ट गर्ने क्रम बढेपछि यहाँका किसान चिन्तित छन्। केही वर्षदेखि बाँदरले सताउन थालेपछि किसानले घरदेखि टाढा रहेको खेतबारीमा खेती लगाउन छाडेको स्थानीवासी मेघनाथ गुरुङ बताए।

    घर नजिकैको खेतबारीमा लगाएको बालीसमेत बाँदरले खाने र नष्ट गर्ने गरेको बताउँदै उनले खेतबारीमा लगाएकोखेती नष्ट गर्न थालेपछि विगत पाँच वर्षदेखि वडा नं २ डाँडा गाउँ भोर्ले र आसपासका किसान चिन्तित बनेका उनले बताए।

    'बाली लगाएपछि उम्रिन नपाउँदै बीउ र उम्रिएका टुसा खाइदिन्छन्, दिनभर बाँदर धपाउन पर्दा अन्य काम गर्न पाउदैँनन्,' उनले भने। अहिले किसानले घरदेखि टाढा रहेको जग्गामा खेती नै लगाउन छाडेको र घर नजिकैका जग्गामा पनि खेती जोगाउन गाह्रो भएको उनको भनाइ छ। यहाँका किसान कोदो मकैँ फलफूल तथा तरकारी बालीमा निर्भर छन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]