समाज

आफैँ मर्न थाले कर्णाली नदीका माछा

माघ २०, २०७५

    कालिकोट : कर्णालीमा नदीका माछा मर्न थालेका छन्। हिउँले हिमाल सेताम्मे भएका बेला नदीका माछा मर्न थालेका हुन्। विगत केही दिनदेखि कर्णाली नदीमा सिसिने खोला तथा नदीका माछा मर्न थालेका छन्।

    मरेका माछा नदी छेउको किनारमा भेटिन थालेका स्थानीयले बताएका छन्। कालिकोटका सान्नी त्रिवेणी गाउँपालिकाको सान्नीगाड, नररिनाथ गाउँपालिकाको रहगाड र महावै गाउँपालिकाको पादमघाट नदीमा माछा मर्न थालेका हुन्। अत्याधिक मात्रामा हिमाल पाइने खिरउलो(सेतक चिनी) को दोहनका कारणले नदीका माछा मर्न थालेको स्थानीय आंशकाले गरेका छन्।

    हिमालमा पाइने खिरउलो (सेतक चिनी) उमालेको पानी, जरा हिमालमा छाडिएको हिउँ पर्दा त्यसको पानी नदीमा मिसिएका कारणले माछालाई विषको रुपमा प्रयोग हुन गएको तिलागुफा नगरपालिका १ नाग्मबजारका शंकर उपाध्यायले आशंका गरे। ‘हिमालमा खिरउलो (सेतक चिनी) अत्याधिक दोहन भयो।

    त्यो उमाल्दा फालिएको पानी र जरा जथाभावी फालिएका कारणले अहिले हिउँ पग्लिएर पानीमा मिसिँदा माछा मरेको हुन्।’ उनले भने,‘ खिरउलो (सेतक चिनी) ले माछालाई विषको काम गर्दो रहेछ।’ रारालिहि, कुडारी, तातोपानी, हाँकु, छिनासाँघु लगायतका विभिन्न नदी स्थानमा माछा मरेका छन्। 

    समिति गठन

    जुम्ला नदीका माछा मरेको विषयमा अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय जुम्लाले तीन तीन सदस्यीय समिति गठन भएको छ। भेटेरीनरी अस्पताल तथा पशु विज्ञ केन्द्रका प्रमुख गोविन्दबहादुर महतको नेतृत्वमा ३ सदस्यीय अनुसन्धान टोली गठन गरिएको हो।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]