खेलकुद

बी डिभिजन लिग : सातदोबाटो युथ र मध्यपुर युथ विजयी

मध्यपुर युथ
माघ २८, २०७५

    काठमाडौं : बी डिभिजन लिगमा सातदोबाटो युथ क्लब र मध्यपुर युथ एशोसिएशन विजयी भएका छन्।

    एन्फा मैदानमा सोमबार भएका खेलमा सातदोबाटोले श्रीकुमारी क्लबलाई २–१ गेल अन्तरले पराजित गरेको हो। यस्तै मध्यपुर युथ एशोसिएशनले खुमलटारमाथि ३–२ गोलको रोमाञ्चक जित निकालेको छ।

    खुमलटारका लागि अभय राणाले २ गोल गरेपनि त्यो हार टार्न पर्याप्त भएन। मध्यपुरका लागि सुवर्णविक्रम कार्की, कल्याण लामिछाने र विवेश गुरुङले एक एक गोल गरेका थिए। ८ औँ मिनेटमा सुवर्णविक्रम कार्कीले गोल गर्दै शुरुआती अग्रता दिलाएका थिए। ४० औँ मिनेटमा खुमलटारका लागि अभय राणाले बरारबरी गोल गरे।

    पहिलो हाफको अतिरिक्त समयमा कैलाश लामिछानेले गोल गर्दै मध्यपुरलाई पहिलो हाफमा २–१ को अवस्थामा पुर्‍याएका थिए। ६६ औँ मिनेटमा विवेश गुरुङले गोल थपेपछि मध्यपुरले ३–१ को अग्रता कायम गर्न सफल भएको थियो। ७० औँ मिनेटमा खुमलटारका लागि अभय राणाले व्यक्तिगत तथा टिमका लागि दोस्रो गोल गरेका थिए।

    दोस्रो हाफको अतिरिक्त समयमा खुमलटारले पेनाल्टी पाए पनि राजेन्द्र देउलाले गोल गर्न चुक्दा मध्यपुर ३–२ गोल अन्तरले विजयी हुन सफल भयो। यस्तै आजै भएको पहिलो खेलमा सातदोबाटोले २१ औँ मिनेटमा दीपेश गुरुङको गोल र ५३ औँ मिनेटमा रञ्जन पुनले गरेको गोलबाट जीत निकाल्न सफल भयो। श्रीकुमारीका लागि सुविज्ञ रेग्मीले दोस्रो हाफको अतिरिक्त समयमा सान्तावना गोल गरेका थिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]