विश्व

अमेरिकामा आपतकाल लगाउँदै राष्ट्रपति ट्रम्प

फागुन ३, २०७५

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोसँगको सीमामा पर्खाल बनाउन आवश्यक बजेट जोहो गर्न आपतकाल घोषणा गर्ने भएका छन्।  

    राष्ट्रपति कार्यालय ह्वाईट हाउसले जारी गरेको वक्तव्यमा सरकार बन्दको अवस्थालाई हटाउने उद्धेश्यले राष्ट्रपति ट्रम्पले संघीय बजेट पारित गर्ने उल्लेख छ।मेक्सिकोसँगको सीमा क्षेत्रमा पर्खाल लगाउने ट्रम्पको अडान आवश्यक नरहेको भन्दै बिपक्षी दलले ५ अर्ब डलरको खर्च विधेयक बिफल बनाएपछि संकट निम्तिएको हो। विपक्षि डेमोक्रेटिक पार्टीले राष्ट्रपति ट्रम्प शक्तिको आडमा अपरिपक्क योजना कार्यान्वयनका लागि उद्धत भरहेको आरोप लगाएको छ।  ट्रम्पको पछिल्लो  योजना समेत कानुन विपरित हुने विपक्षीको भनाइ छ। 

    डेमोक्रेटिक पार्टीको बहुमत रहेको तल्लो सदनबाट संघीय बजेट पारित हुन नसकेपछि ट्रम्पले संसद बाईपास गर्दै नयाँ ल्याउने अभिव्यक्ति दिदै आएका छन्।  सन् २०१६ को राष्ट्रपति निर्वाचनमा मेक्सिकोसँगको सिमामा पर्खाल बनाएर गैरकानुनी आप्रवासीको प्रवेश र लागु औषध रोक्ने ट्रम्पको मुख्य एजेण्डा थियो। केही दिन अघि सत्तारुढ रिपब्लिकन सांसदले प्रतिपक्षिसँग सिमा सुरक्षाका लागि केही बजेट छुट्टाउने सहमती गरेपनि ट्रम्पले सो प्रस्ताव अस्विकार गरेका थिए। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]