राजनीति

प्रधानमन्त्रीको गृहजिल्लामा टुंगियो नेकपाको भागवण्डा

चैत ६, २०७५

    झापा : एकीकरण प्रकृयामामा अल्झिएको नेपाल कम्युनिस्ट पार्टी नेकपाले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापाका स्थानीय तहहरूको नेतृत्व टुंगो लगाएको छ।

    नेकपाले साविक नेकपा एमाले र नेकपा माओवादी केन्द्रको अवस्थालाई विश्लेषण गरि १५ ओटा स्थानीयतहरूमा अध्यक्ष र सचिवको टुंगो लगाएको हो। जसअनुसार ६ ओटा स्थानीय तहमा साविक माओवादीले अध्यक्ष पद पाएको छ भने बाँकी साविक एमालेको भागमा परेको छ। माओवादीले अध्यक्ष पाएका स्थानीय तहमा मेचीनर, भद्रपुर, हल्दिबारी, झापा, शिवसताक्षी र गौरीगञ्ज रहेका छन्।

    यी स्थानीय तहमा सचिव साविक एमालेबाट छन्। अध्यक्ष र सचिवमा क्रमशः मेचीनगरमा  माधव अर्याल र राजु पोखरेल, भद्रपुरमा शिवकुमार राजभण्डारी र बम्हलाल ढुंगाना, हल्दिबारीमा याम राई र हरी गौतम, झापामा रुद्र बजगाई र गजेन्द्र ताम्ली, शिवसताक्षीमा महेन्द्र भट्टराई र धनबहादुर थेवे तथा गौरीगञ्जमा विद्यानन्दसिंह राजवंशी र विष्णु न्यौपाने रहेका छन्।

    यस्तै, बुद्धशान्ति, अर्जुनधारा, विर्तामोड, कचनकवल, बाह्रदशी, कन्काई, कमल, गौरादह र दमकमा साविक नेकपा एमालेले अध्यक्ष र माओवादी केन्द्रले सचिव पद पाएका छन्। अध्यक्ष र सचिव पदमा क्रमशः बुद्धशान्तिमा टीका पाठक र प्रेम नेम्वाङ, अर्जुनधारामा प्रेमसागर सापकोटा र राजु शेर्मा, विर्तामोडमा ज्ञानु प्रसाई र मोहन कन्दङ्वा, कचनवकलमा तिलकबहादुर राई र दलबहादुर तामाङ, बाह्रदशीमा तोया पोखरेल, लक्ष्मी तिवारी, कन्काईमा रवीन्द्र लम्साल र विष्णु विमली,  कमलमा भीम राई र रवीन गुरुङ, गौरादहमा मित्रदेव काफ्ले र माधव भट्टराई तथा दमकमा बोधप्रसाद घिमिरे र शंकर बस्नेत तोकिएका छन्।

    स्थानीय तहका समिति गठनका क्रममा सदस्य भने बहुसंख्यक साविक एमालेले पाउने भएको छ। लामो समयको छलफलपछि मुख्य पदहरूको टुंगो लगाएपछि केही स्थानीय तहमा जिम्मेवारी पाएका नाममा भने फेरबदल हुन सक्ने एक जना जिल्ला नेताले बताएका छन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]