समाज

कोहलपुर साक्षर नगरपालिका घोषित

जेठ ३१, २०७६

    बाँके : कोहलपुर नगरपालिकालाई बाँकेकै पहिलो साक्षर नगरपालिका घोषणा गरिएको छ।

    शुक्रबार कोहलपुरमा आयोजित कार्यक्रममा कोहलपुरका नगर प्रमुख लुटबहादुर रावतले नगरलाई साक्षर घोषणा गरेका हुन्। नेपाल सरकारले लिएको ‘साक्षर नेपाल’ को लक्ष्य अनुरुप कोहलपुरलाई साक्षर घोषणा गरिएको उनले बताए। नगरभित्र ९६.८५ प्रतिशत साक्षर रहेको नगरपालिकाले जनाएको छ।

    घोषणा कार्यक्रममा कोहलपुर नगरपालिकाका १५ वटै वडाका वडाध्यक्षले सामुहिक रुपमा आफ्नो वडालाई पूर्ण साक्षर बनाउने प्रतिवद्धता समेत जनाए। कार्यक्रममा संघीय सांसद महेश्वर गतराजले शिक्षा क्षेत्रको विकासमा विशेष रणनीतिका साथ आफू लागिरहेको भन्दै उनले कोहलपुरसँगै आसपासका स्थानीय तहमा समेत शिक्षाको विकास अपरिहार्य रहेको बताए। 

    जिल्ला समन्वय समिति बाँकेका संयोजक अजय श्रीवास्तवले जिल्ला प्रथम हुन सफल कोहलपुर नगरपालिकालाई ५० लाख नगदले सम्मान गर्ने घोषणा गरे। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]