|

नयाँदिल्ली : भारतीय केन्द्रीय बैंक रिजर्भ बैंक (आरबीआई)ले कोटक महिन्द्रा बैंकविरुद्ध ठूलो कारबाही गरेको छ। उक्त बैंकलाई अनलाइन र मोबाइल बैंकिङमार्फत नयाँ क्रेडिट कार्ड जारी गर्न र नयाँ ग्राहक थप्न प्रतिबन्ध  लगाइएको छ।

उक्त सम्बन्धमा आरबीआईले विज्ञप्ति जारी गर्दै भनेको छ‚ 'भारतीय रिजर्भ बैंकले बैंकिङ विनियमन ऐन, १९४९ को धारा ३५ ‘क’अन्तर्गत आफूमा भएको शक्ति प्रयोग गर्दै आज कोटक महिन्द्रा बैंक लिमिटेडलाई तत्काल ती काम बन्द गर्न निर्देशन दिएको छ। यसको अनलाइन र मोबाइल बैंकिङ च्यानलहरूमार्फत नयाँ ग्राहकहरूलाई अनबोर्डिङ गर्ने र नयाँ क्रेडिट कार्ड जारी गर्ने समावेश छ।’

आरबीआईको यो निर्णय सन् २०२२ र २०२३ को लगातार दुई वर्षको अनुगमनपछि आएको हो। यो अवधिमा आरबीआईले बैंकमा निकै कमजोरी र नियम पालना नगरेको पाएको बताएको छ। बैंकले यी चिन्तालाई समयमै सम्बोधन गर्न असफल भयो।​

आरबीआईले आईटी सूची व्यवस्थापन, प्याच र परिवर्तन व्यवस्थापन, प्रयोगकर्ता पहुँच व्यवस्थापन, विक्रेता जोखिम व्यवस्थापन, डेटा सुरक्षा र डेटा चुहावट रोकथाम रणनीतिहरू, व्यापार निरन्तरता जस्ता क्षेत्रमा गम्भीर कमजोरी भेटिए।

सन् २०२२ र २०२३ को लागि बैंकको आईटी अडिटले उठाएका महत्त्वपूर्ण चिन्ता र समयमै र उपयुक्त ढङ्गले यी चिन्ता सम्बोधन गर्न बैंक असफल भएको विज्ञप्तिमा उल्लेख छ।

कोटक महिन्द्रा बैंकका भारतभर १ हजार ८ सयभन्दा बढी शाखा छन्। यसका ग्राहक ४ करोड ८० लाखभन्दा बढी छन्। कोटक महिन्द्रा बैंकले सन् २००३ मा आरबीआईबाट बैंकिङ इजाजतपत्र प्राप्त गरेको थियो। बैंकले हाल वाणिज्य बैंकिङ, स्टक ब्रोकिङ र म्युचुअल फण्डदेखि बीमा तथा लगानी बैंकिङसम्मका सेवा प्रदान गर्दै आएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.