छापा

कक्षा १ मा नयाँ पाठ्यक्रम

असार १, २०७६

    काठमाडौं : कक्षा १ मा नयाँ पाठ्यक्रम  विकास केन्द्रले मुलुकभरका १०३ सामुदायिक विद्यालयमा कक्षा १ को नयाँ पाठ्यक्रम परीक्षण थालेको छ। राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषदले स्वीकृत गरेको विद्यालय तह १–१२ को राष्ट्रिय पाठ्यक्रम प्रारूपअनुसार १८ जिल्लाका विद्यालयमा परीक्षण थालेको हो।

    कान्तिपुर दैनिक लेख्छ, चालू शैक्षिक सत्रमा परीक्षण गरेर आगामी वर्षदेखि देशभरका विद्यालयमा लागु गरिने  केन्द्रका महानिर्देशक लेखनाथ पौडेलले जानकारी दिए। हाल २०६३ सालमा परिमार्जित पाठ्यक्रमका आधारमा विद्यालयहरूमा पठनपाठन हुँदै आएको छ।

    ‘नयाँ पाठ्यक्रमअनुसार पाठ्यपुस्तक बनाएर परीक्षण थालेका हौँ’, उनले भने, ‘यसको फिडब्याक लिन्छौँ, कही सुधार गर्नुपर्ने भए गरेर शैक्षिक सत्र २०७७ देखि देशभर लागु गर्छौँ।’ कक्षा १–३ का लागि एकीकृत पाठ्यक्रम निर्माण गरिएको छ। मिल्ने विषयवस्तु सँगै पढाउने उद्देश्यसाथ एकीकृत पाठ्यक्रम बनाइएको हो।

    यसका लागि ६ वटा क्षेत्र तोकिएका छन्। नेपाली, अंग्रेजी, गणित, सामाजिक र सिर्जनात्मक कला, विज्ञान स्वास्थ्य शारीरिक वातावरण तथा स्थानीय भाषा वा स्थानीय विषय राखिएको छ। सिर्जनात्मक कला र सामाजिकलाई एकै ठाउँमा समेटेर मेरो सेरोफेरो विषय बनाइएको छ। साताको २६ घण्टा पढाउनेगरी पाठ्यक्रम तय गरिएको हो।


     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]