धर्म-संस्कृति

भुम्या पर्व मनाउँदै मगर सुमदाय

फाइल फोटो
असार १, २०७६

    काठमाडौं : मगर सुमदायले भुम्या पर्व मनाउँदै छ। मगर समुदायको बाहुल्य रहेका गाउँ तथा शहरमा आइतबार विभिन्न कार्यक्रम गरिदैछ । 

    भुम्या पर्वमा मगर समुदायले भूमिलाई देवताको रूपमा पुज्ने गर्छ। यो पर्वमा भूमिको पूजा गरे प्राकृतिक विपत्तिबाट बच्न सकिने विश्वास गरिन्छ। भुम्या पर्व पूजापाठ तथा नाचगान गरी मनाइन्छ। भुम्या थानमा देवतालाई बलि दिएर पूजा गरिसकेपछि लगातार पाँच दिनसम्म भूम्या नाच नाच्ने चलन पनि छ।

    भुम्याको अवसरमा नेपाल मगर संघको आयोजनामा काठमाडौंमा टुँडिखेलमा आइतबार दुईदिने कार्यक्रम शुरु हुँदैछ । कार्यक्रमको उद्घाटन दिउँसो २ बजे उर्जामन्त्री वर्षमान पुनले गर्ने संघले जनाएको छ। 

     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]