राजनीति

सरकारलाई दबाब दिन तीन लाख थारू टीकापुर उतार्ने तयारी

असार १, २०७६

    कञ्चनपुर : थारू समुदायले उठाएका माग पूरा नगरेको भन्दै थरूहट/थारूवान संघर्ष समितिले सरकारलाई दबाब दिन २२ जिल्लाका तीन लाख थारूलाई टीकापुरमा उतार्ने तयारी गरेको छ। टीकापुरमा समितिले आउँदो भाद्र ७ गते थारू राष्ट्रि भेला आयोजना गर्ने भएको हो।

    तीन दिनसम्म सञ्चालन हुने भेलामा २२ जिल्लाका तीन लाख थारू अगुवाहरूको जमघट हुनेछ। भेलामा सरकारलाई बुझाएका पाँचबुँदे मागका विषयमा छलफल हुनेछ।

    आइतबार कृष्णपुरमा बसेको थारूहट/थारूवान संघर्ष समितिको बैठकले कृष्ण चौधरीको संयोजकत्वमा थारू राष्ट्रिय भेलाको तयारीका लागि कञ्चनपुरमा एक हजार एक सय ११ सदस्यीय समिति गठन गरेको छ।

    बैठकमा बोल्दै थारु नेता लक्ष्मण थारूले थारू समुदायले उठाएमा मुद्दा कुनै पनि हालतमा नछाडिने बताए। 'छातीमा गोली खान तयार छु' उनले भने, ‘थारू समुदायमाथि राज्यका तर्फबाट हुँदै आएको उत्पीडन सहन सक्दैनौँ।’  संविधानले दिएको अधिकार अनुरुप शान्तिपूर्ण तरिकाले आन्दोलन गर्दै थारुका माग पूरा गराउन लागि पर्ने उनले बताए।

    संविधानसभाका पूर्वसभासद कृष्ण चौधरीले विभिन्न राजनीतिक दलले थारूका मुद्दालाई अघि सादै चुनाव जित्ने सिटी बनाएको उल्लेख गर्दै उनले सरकारमा पुगेपछि ती मुद्दाहरू ओझेलमा पर्ने गरेको बताए।

    थरुहट/थारूवान संघर्ष समितिले उठाएका मुद्दा 

    १) संविधान संसोधन गरी थरूहट प्रदेश बनाउनु पर्ने र जनसंख्याको आधारमा राज्यको सम्पूर्ण निकायममा प्रतिनिधि हुनु पर्ने।

    २)  सरकारसँग विभिन्न समयमा भएकास सम्झौता कार्यान्वयन गर्नु पर्ने।

    ३)  टीकापुरका बन्दीहरूलाई बिनासर्त रिहाई गर्ने।

     ४) टीकापुर घटनाको लाल आयोगको प्रतिवेदन सार्वजनिक गरिनु पर्ने ।

    ५) टीकापुर घटनाको दोश्रो दिन भदौ ८ गते निशेधाज्ञा लागेका बेला घर, एफएम, पसल जलाउने, चोरी, डकैती गर्नेमाथि कार्वाही गरिनु पर्ने।

    सरकाले थरूहट/थारूवान संघर्ष समितिले उठाउँदै आएको पाँचबुँदे मुद्दाबारे सुनवाई नगरे भेलाबाटै संघर्षका कार्यक्रम तय गरिने थारु नेता लक्ष्मण थारुको भनाई रहेको छ।

    ४२ महिनाको जेलजीवन काटेर रिहा भएका थारू नेता लक्ष्मणले मेचीदेखि महाकालीसम्म थारु समुदायका मुद्दाबारे थारू समुदायलाई सचेत पार्नका लागि जनजागरण अभियानसमेत सञ्चालन गरेको जानकारी दिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]