समाज : सुरक्षा/अपराध

टिपरको ठक्करबाट उदयपुरमा दुई जनाको मृत्यु

असार ४, २०७६

    उदयपुर :  उदयपुरको चौदण्डीगढी नगरपालिका ७ लाटीखोलामा टिपरको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ। 

    इलाका प्रहरी कार्यालय बेल्टारका अनुसार निर्माणधिन मदनभण्डारी लोकमार्ग खण्डमा पर्ने लाटी खोलामा बुधबार भएको दुर्घटनामा परी दुई जनाको मृत्यु भएको हो।
    इप्रका वेल्टारका इन्स्पेक्टर गंगा पौडेलले चौदण्डीगढी नगरपालिका  ७ का ४६ वर्षे खगेन्द्र र ४५ वर्षे जीवन साम्पाङको मृत्यु भएको बताए।

    बेल्टारबजार जाँदै गरेको बा २ क ७०९ नम्वरको टिपरले स ४ प ३६१ नम्बरको मोटसाईकललाई ठक्कर दिएको थियो। ‘एकै दिशातिर गईरहेको टिपरले अत्याधिक रुपमा सडक चाप्दै मोटरसाईकललाई ओभरटेक गर्न खोज्दा मोटरसाइकललाई ठक्कर दिएको पौडेलको भनाइ छ। 

    प्रहरी नियन्त्रणमा रहेको ठक्कर दिने टिपर निर्माणधिन मदनभण्डारी लोकमार्गको पुलको ठेक्का लिएको रसुवा जेभि कन्ट्रसनको भएको पुष्टी भएको छ। टिपरका चालक र सह चालक फरार भएकाले खोजीकार्य भइरहेको इलाका प्रहरी कार्यालय बेल्टारले जनाएको छ। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]