समाज

थाहामा रूदानेको स्मृतिमा साहित्य महोत्सव

रूदानेको स्मृति कार्यक्रममा सहभागीहरू
असार ७, २०७६

    थाहानगर :  थाहा दर्शनका अभियान्ता रूपचन्द्र विष्टको २० औं स्मृति दिवसमा थाहा नगरपालिकामा साहित्य महोत्सव भएको छ ।   थाहा नगरपालिकामा जन्मिएर जनमुखी राजनीति गरेका रूपचन्द्र विष्ट र उनका दर्शनलाई सम्झिँदै थाहा नगरपालिकाले प्रथम पालुङ साहित्य महोत्सव गरेको हो । 

    थाहा नगरपालिकाको विकासघरमा भएको कार्यक्रममा स्वर्गिय रूपचन्द्र विष्टको थाहा अभियानबारे रचना प्रस्तुत भएका थिए ।  थाहा दर्शनलाई अँगालेका विभिन्न स्थानबाट आएका व्यक्तित्वहरुले कार्यक्रम हल भरिएको थियो ।

    देशका विभिन्न भागका साहित्यकारहरुले विष्टको जीवनका चर्चा, परिचर्चा साहित्य मार्फत गरेका थिए ।  मुक्तक, कविता, गजल, लगायतका साहित्यिक विद्याहरु छुटटएर पालैपालो साहित्य प्रस्तुत भएको थियो ।  

    साहित्यकारहरुले सरकारलाई व्यङ्ग्य गर्दै रूपचन्द्र विष्टको गति समात्नु पर्नेमा जोड दिएका थिए । पालुङ साहित्य परिषदको व्यवस्थापनमा भएको साहित्यिक महोत्सवमा करिब ३० जना साहित्यकारको प्रस्तुती थियो । 

    जनमुखी सहकर्मी स्वनाम साथीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमा थाहा नगरपालिकाका नगरप्रमुख लवशेर विष्टको सभाध्यक्षता रहेको थियो ।  रुदाने, जसरु  जस्ता नामले चिनिने स्वर्गीय रूपचन्द्र विष्टको स्मृतिमा हेटौंडामा पनि विभिन्न संघ संस्थाहरुले कार्यक्रम गरेका थिए । 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]