छापा

लोकसेवामा ३ लाख आवेदन, ६ करोड राजस्व संकलन

असार ९, २०७६

    काठमाडौं : लोकसेवा आयोगले स्थानीय तहका लागि आह्वान गरेको विज्ञापनमा झन्डै ३ लाखको आवेदन परेको छ।

    आयोगका अनुसार आइतबार साँझ ५ बजेसम्म २ लाख ९३ हजार २ सय ७१ जनाको आवेदन दर्ता भएको छ। जसअन्तर्गत खुलातर्फ २ लाख ८९ हजार ७ सय ८८, जनजातितर्फ ३१ हजार १ सय ३६, मधेसीतर्फ १८ हजार १ सय ८८, दलिततर्फ २ हजार २ सय ३९, अपांगता भएकातर्फ १ सय ११ र पिछडिएका क्षेत्रतर्फ ८७ जनाको आवेदन परेको आयोगले जनाएको खबर राजधानी दैनिकमा छ।

    आवेदन बापत झन्डै ६ करोड राजस्व संकलन भएको छ। आयोगका अनुसार ५ करोड ५४ लाख ५९ हजार १ सय रुपैयाँ राजस्व संकलन भइसकेको छ। आयोगले दिएको आवेदनको समयावधि मंगलबार राति १२ बजेबाट समाप्त हुँदै छ। प्राविधिक समस्याका कारण आवेदन दिन नपाएको गुनासोपछि आयोगले समयावधि थप गरेको थियो। आवेदकले अनलाइन आवेदनमा अझै समस्या उत्पन्न भएको गुनासो गर्दै आएका छन्।
     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]