समाज : सुरक्षा/अपराध

५ थान हतियारसहित विप्लवका २ कार्यकर्ता पक्राउ

असार ९, २०७६

    विराटनगर : मोरङ प्रहरीले विप्लव समूहका जिल्ला जनपरिषद प्रमुखसहित २ जना कार्यकर्ताको साथबाट ५ थान हातहतियार बरामद गरेको छ।

    पक्राउ गरिएका सुन्दरहरैंचा नगरपालिका वडानम्बर १२ बस्ने ४० वर्षीय अशोक राई तथा कानेपोखरी गाउँपालिका वडानम्बर ६ बस्ने ३४ वर्षीय सुदिप भन्ने कंश धिमाल र उर्लाबारी नगरपालिका २ सालबारीका ४८ वर्षीय केन्द्र धिमाललाई प्रहरीले आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ।

    पक्राउ गरिएका व्यक्तिको साथबाट बरामद भएका हातहतियारसमेत प्रहरीले सार्वजनिक गरेको छ। विशेष सूचनाको आधारमा बेलबारी नगरपालिकाको वडानम्बर ३ स्कुल डाँडाबाट भन्ने स्थानबाट मोटरसाइकलमा सवार अशोक राई र कंश धिमाललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी विश्व अधिकारीले जानकारी दिए।

    हातहतियारको डरत्रास देखाएर चन्दा असुल्न खोजिरहेको सुचनाको आधारमा दुवैलाई पक्राउ गरिएपछि खोजतलासको क्रममा कंश धिमालको घरमा लुकाई राखिएको अटोमेटिक पेस्तोल दुई वटासहित त्यसमा फिट हुने म्यागजिन र गोलीसमेत बरामद गरिएको उहाँले जानकारी दिए।

    पक्राउ गरिएका अशोक राई विप्लव समूहको जिल्ला जन परिषद प्रमुख तथा कंश धिमाल सक्रिय कार्यकर्ता रहेको उनले बताए। कंश धिमाल यसअघि २०६६ सालमा झापा दमकको लक्ष्मी बैंक लुटपाट घटनामा ७ वर्ष कैद भुक्तान गरिसकेका तथा उर्लाबारी मंगलबारेस्थित सुनचाँदी पसल लुटपाट घटनामा मुद्दामा चलाइएका व्यक्ति रहेको उनले जानकारी दिए।

    ती दुई व्यक्तिका विषयमा प्रारम्भिक अनुसन्धानकै क्रममा सोमबार दिउँसो घरमा हातहतियार लुकाई राखेको अवस्थामा उर्लाबारी नगरपालिका २ सालबारीका ४८ वर्षीय केन्द्र धिमाललाई समेत पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ। उनको घरबाट ३ थान भरुवा बन्दुक तथा सो बन्दुकमा प्रयोग हुने बारुद, छर्रा, नटबोल्ट, केप, वासर र पुल्थ्रोमा प्रयोग भएको कपडासमेत बरामद गरिएको जनाइएको छ।  

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]