समाज

भिरबाट लडेर एक पुरुषको मृत्यु

File Photo
असार ११, २०७६

    ओखलढुंगा : ओखलढुंगामा भिरबाट लडेर एक पुरुषको मृत्यु भएको छ। मृत्यु हुनेमा सिद्धिचरण नगरपालिका-५ साविकको वर्णालु गाविसका फुर्वाकाजी शेर्पा रहेका छन्।

    सिद्धिचरण नगरपालिका-५ साविकको वर्णालु गाविसको हिले भन्ने स्थानको भिरबाट लडेको स्थानीयले बताएका छन्। मृतक शेर्पा ओखलढुङ्गा–रुम्जाटार सडकखण्डको हिले भन्ने ठाउँको सडकबाट करीब २ सय मिटर तल खसेका हुन्।

    घटनाबारे स्थानीयले जानकारी गराउनासाथ जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजीव श्रेष्ठको नेतृत्वमा प्रहरीको टोली घटनास्थलतर्फ गएको र घटनास्थलतर्फ प्रहरीको टोली गएको भए पनि घटनास्थलमा नपुगेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक पुष्पराज मल्लले जानकारी दिए।

    प्रहरीको टोली घटनास्थलमा पुगेपछि मात्रै घटनाको बारेमा थप विवरण आउने प्रहरी नायव उपरीक्षक मल्लले जानकारी दिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]