राजनीति

पोखराका मेयरले भने–ताला खोल्नुस्, अनि छलफल गरौँला

असार १३, २०७६

    पोखरा : पोखरा महानगरका प्रमुख मानबहादुर जिसीले कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुलाई महानगरको गेटमा लगाएको ताला खोल्न आग्रह गरेका छन्। शुक्रबार महानगरमै पत्रकार सम्मेलन गरेर प्रमुख जिसीले छलफलमा आउन महानगरको मुल गेटमा लगाएको ताला खोल्न आग्रह गरेका हुन्।

    केही दिनअघि महानगरले प्रस्तुत गरेको बजेटमा कांग्रेसबाट निर्वाचित प्रतिनिधि भएको वडामा भेदभाव गरेको भन्दै महानगरको मूलगेटमा ताला लगाएका थिए। उनीहरुले बिहीबार रातो किताब च्यातेर पनि विरोध जनाएका थिए।

    महत्वपूर्ण योजनाहरु छुटेको भए थपघट गर्न सकिने भन्दा पनि कांग्रेसबाट निर्वाचित जनप्रतिनिधीहरुले अनावश्यक विरोध जनाईरहेको मेयर प्रमुखले बताए। ‘मुलगेटको ताला खोल्नुस् छलफल गरेर टुंग्याउँ भनेको छु उहाँहरु मान्नु भएको छैन,’ मेयर जीसीले भने, ‘महत्वपूर्ण योजनाहरु भए थपघट गरौँ। परिवर्तन गरौँ, प्रभावकारी विकासमा लागौँ भन्दा मेयरको पाराले दुख पाए साराले भनेर गेटमा नारा लगाएर हुन्छ ?’

    पोखरा महानगरले ७ अर्ब ५४ लाखको बजेट ल्याएको छ। बजेट माथी छलफल नै नगरी एकलौटी ढंगबाट मेयरले पारित गरेको कांग्रेसबाट निर्वाचितहरुको आरोप छ। मेयरले प्राथमिकताको आधारमा वडाहरुमा बजेट विनियोजन भएको समेत बताए।

    ‘बजेट वितरण गर्दा यो कांग्रेसको, यो अर्काे पार्टीको भनेर गरिएको छैन,’ उनले भने, ‘साच्चै हेर्ने हो भने कतिपय वडामा कांग्रेसबाट निर्वाचित जनप्रतिनिधी भएको वडामा बजेट धेरै छ। हामी सबै पोखराको विकास होस् भन्ने चाहनेहरु अनेक लफडामा लागेर हुँदैन।’

    पोखरा महानगरले फेवाताल संरक्षण, तालचोक खुदी मुहान चार लेनको सडक, सेतीखोँचमा पर्यटकीय गतिविधि, डेभिजफल्समा सिसाको पुल, आँटी मोटरबाटो, लेखनाथको जन्म घरलाई साहित्य सृजनाको थलो, महानगरका विभिन्न कनेक्टिङ रोडहरु, भूउपयोग नीतिलाई यस वर्ष आफ्नो गौरवको योजनाको रुपमा लिएको उनले बताए।  

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]