काठमाडौं : नेपाल क्रिकेट संघ क्यानले वेस्ट इन्डिजको एसँगको पाँच खेलको टी–ट्वेन्टी सिरिजका लागि नेपाली टोलीको घोषणा गरेको ...
काठमाडौं : इङ्ल्याण्डमा जारी आईसीसी एकदिवसीय विश्वकपमा लिग चरणका ४५ मध्ये ३५ वटा खेल सकिएका छन्। लिग चरणका खेल सकिनै लाग्दा सेमिफाइनलमा कुन कुन टोली पुग्लान् भन्ने प्रश्न महत्त्वपूर्ण छ। अफगानिस्तान, वेस्टइण्डिज र दक्षिण अफ्रिका सेमिफाइनलको होडबाट बाहिरिसकेका छन्।
श्रीलङ्काको गणितीय सम्भावना मात्र बाँकी छ। यद्यपि नेट रनरेट माइनसमा रहेकाले श्रीलङ्का अघिल्लो चरण पुग्न ठूलो चमत्कार भए मात्र सम्भव छ। अहिलेसम्म सात खेलबाट १२ अंक जोडेको अस्ट्रेलिया सेमिफाइनलमा पुगिसकेको छ। ६ वटा खेलमा जित हात पारेको अष्ट्रेलिया एक खेलमा पराजित भयो, भारतसँग।
अस्ट्रेलियाले शनिबार साँझ न्युजिल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ। न्युजिल्याण्ड ११ अंक सहित तालिकाको तेस्रो स्थानमा छ। यो खेल जित्न सके न्युजिल्याण्ड पनि सेमिफाइनलका लागि छनोट हुनेछ। यदि शनिबारको खेलमा हारको नतिजा हात लागे पनि न्युजिल्याण्डका लागि सेमिफाइनलको ढोका बन्द हुने छैन।
बुधबार इङल्याण्डविरुद्ध जित निकाल्न सके न्युजिल्याण्ड सेमिफाइनलसम्म पुग्ने छ। जारी विश्वकपमा राम्रो लयमा देखिएको भारत ६ खेल बाट ११ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा छ। भारतले खेल्न बाँकी तीनमध्ये कुनै एक खेलमा मात्र जित हात पर्दा सेमिफाइनलका लागि पर्याप्त हुनेछ। यो अवस्थामा सेमिफाइनलको होड पेचिलो बन्नेछ, इङल्याण्ड, बंगलादेश र पाकिस्तानका लागि। यसमा भारत र इङ्ल्याण्डबीच आइतबार हुने खेल निकै महत्त्वपूर्ण बन्नेछ।
भारत अहिलेसम्म अपराजित छ। भारतको ६ खेल बाट ११ अंक छ। इङल्याण्डको भने मात्र ८ अंक छ। भारत यो खेल जितेमा सेमिफाइनल पुग्नेछ। भारतसँगको खेल हारेमा इङल्याण्डको सपनामा भने कालो बादल लाग्न सक्छ। समान ७ खेल खेलेका इङल्याण्ड, बंगलादेश र पाकिस्तानको क्रमश: ८, ७ र ७ अंक छ। सेमिफाइनल प्रवेशका लागि ३ वटै टोलीले आफ्ना बाँकी खेल जित्नै पर्छ।
पाकिस्तानले शनिबार कमजोर मानिएको अफगानिस्तानसँग प्रतिस्पर्धा गर्दैछ। शनिबारको खेलमा जित निकाल्न सके पाकिस्तानको खातामा ९ अंक पुग्नेछ। पाकिस्तानले आँउदो शुक्रबार बंगलादेशसँग लिग चरणको अन्तिम खेल खेल्नेछ। यता बंगलादेश र इङल्याण्डले भारत संग खेल्न बाँकी नै छ। उच्च फर्ममा रहेको भारतसँग हारको नतिजा भोग्नु परे दुवै टोलीका लागि सेमिफाइनलको ढोका लगभग बन्द हुनेछ।
शनिबार अस्ट्रेलियासँग न्युजिल्याण्ड पराजित भए उसको योजना आगामी खेलमा इङल्याण्डलाई जसरी पनि हराउने हुनेछ। इङ्ल्याण्डले भारत र न्युजिल्याण्ड तथा बंगलादेशले भारत र पाकिस्तानसँग खेल्न बाँकी रहँदा सेमिफाइनल यात्रा पाकिस्तानका लागि केही सहज देखिएको छ। त्यसो त पाकिस्तानको सेमिफाइनलमा जाने सम्भावनालाई भारतको खेलले निर्धारण गर्ने पक्का भएको छ। यदि इङ्ल्याण्ड र बंगलादेशमध्ये एक टोलीसँग भारत हारेमा पाकिस्तानलाई ठूलो धक्का लाग्नेछ।
त्यसैले पाकिस्तानीहरू अहिले अल्लाहसँग भारतको जितको कामना गरिरहेका छन्। सन् १९९२ मा पाकिस्तानले विश्वकप जित्दाका घटनाहरू यस विश्वकपसँग मेल खाएका खबर पनि आएका छन्। के अब पाकिस्तानले विश्वकपको उपाधि उचाल्ला? त्यसका लागि बाँकी खेलको प्रतीक्षा गर्नुबाहेक उपाय छैन।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।