समाज

सीको स्वागतमा राखिएको व्यानर च्यात्‍ने दुई जना पक्राऊ

असोज २३, २०७६

    काठमाडौं : चिनियाँ राष्ट्रपति सी जिङ्फिङको स्वागतका लागि भइरहेको तयारीलाई बिथोल्ने गतिविधी गरेको आरोपमा प्रहरीले काठमाडौंबाट दुई जनालाई नियन्त्रणमा लिएको छ।

    नयाँ बानेश्वर क्षेत्रमा सीको स्वागतका लागि टाँगिएका ब्यानर च्यातेपछि प्रहरीले पछिल्लो २४ घन्टामा दुई जनालाई पक्रेको जनाएको छ ।  पक्राउ परेका दुई जनामाथि अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ। 

     उनीहरूको ठेगना र परिचय दिइएको छैन  प्रहरीले यसअघि पनि काठमाडौंको बौद्ध र ललितपुरको जावलाखेलबाट सीको स्वागतका लागि भइरहेको तयारीलाई विथोल्न खोज्ने पाँच जना तिब्बती शरणार्थी र एक जना नेपालीलाई पक्राउ गरी सोधपुछ गरेको छाडेको थियो ।

    नेपाल प्रहरीको बौद्ध वृत्तका डीएसपी रमेशकुमार सिंहले तिब्बती शरणार्थीहरुका गतिविधिमाथि कडा निगरानी राखिएको बताए।  विभिन्न मिति र स्थानबाट पक्राउ परेका तिब्बतीहरुले उस्तै नारा र लोगो भएका टिसर्ट, झोला र ज्याकेटको प्रयोग गरेका प्रहरीले जनाएको छ ।

    सीको भ्रमणको समय नजिक हुँदै गर्दा तिब्बती शरणार्थीहरुमाथि पनि नेपाल प्रहरीले थप निगरानी बढाएको छ । सीको सुरक्षाका लागि चार घेराको सुरक्षा प्रबन्ध गरिएको छ । जसमा सबैभन्दा अगाडि सेना र त्यसपछि क्रमैसँग सशस्त्र प्रहरी, नेपाल प्रहरी र गुप्तचरको टोली रहने प्रहरीले जनाएको छ। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]