समाज

महरा थुनामै रहने, उच्च अदालतद्वारा जिल्लाकै आदेश सदर

पुस ३, २०७६

    काठमाडौं : पाटन उच्च अदालतले जबरजस्ती करणी उद्योगमा थुनामा रहेका तत्कालीन सभामुख कृष्णबहादुर महरालाई पुर्पक्षका लागि रिहा गर्न अस्वीकार गरेको छ। 

    उच्च अदालत पाटनले काठमाडौं जिल्ला अदालतकै आदेश सदर गरेपछि तत्कालीन सभामुख कृष्णबहादुर महराको जेल बसाई अझै लम्बिने भएको छ। 

    पुर्पक्षका लागि थुनामा पठाउने काठमाडौं जिल्ला अदालतको आदेशविरुद्ध दायर मुद्दामा सुनुवाई गर्दै उच्च अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदी र न्यायाधीस टेकनारायण कुँवरको इजलासले सुरुकै आदेश सदर गरेको उच्चका प्रवक्ता मोहन सुवेदीले थाहा खबरलाई जानकारी दिए।

    जिल्लाकै आदेश सदर भएसँगै महरा अब मुद्दा टुंगो नलागुञ्जेल थुनामै रहनेछन्। पछिल्लो केही दिनयता काठमाडौं जिल्ला अदालतमा महराको बकपत्र पनि चलिरहेको छ।

    जिल्ला अदालत काठमाडौंले महरालाई कात्तिक १८ गते पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएसँगै उनी हाल डिल्लीबजार कारागारमा रहेका छन्। संसद सचिवालयकी कर्मचारीलाई उनको कोठामै पुगेर बलात्कारको प्रयास गरेको आरोपमा प्रहरीले महरालाई असोज १९ गते पक्राउ गरी मुद्दा चलाएको हो।

     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]