समाज

शितलहरले पूर्वी नेपालको जनजीवन प्रभावित, आगो ताप्न प्रहरीले दियो दाउरा

३०० बढी स्थानमा आगो ताप्ने व्यवस्था

पुस ४, २०७६

    दमक : पूर्वी नेपालमा केही दिनयता चिसो र शितलहर बढे पछि जनजीवन प्रभावित बनेको छ। बाक्लो हुस्सु र चिसो बतासका कारण बजारमा चहल पहल समेत घटेको छ।

    जनजीवन समस्यामा परे पछि ठाउँ ठाउँमा सर्वसाधारण भेला भएर आगो तापेका देखिन्छन्। यस्तै अधिक चिसो बढे पछि प्रहरीले आगो ताप्नका लागि दाउरा वितरण शुरु गरेको छ। बिगत केही दिन देखि बढेको चिसोले जनजीवन प्रभावित भइरहेको समयमा समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत प्रहरीले प्रदेश १ का सबै जिल्लाका बिभिन्न स्थानमा आगो ताप्ने व्यवस्था मिलाएको हो। 

    प्रदेश १  प्रहरी कार्यालय बिराटनगरले सबै प्रहरी कार्यालयहरूलाई स्थानीय चोक तथा ग्रामीण इलाकाहरूमा आगो बालेर ताप्ने व्यवस्था मिलाउने भनी निर्देशन दिएको जनाएको छ। निर्देशन सँगै बिभिन्न प्रहरी कार्यालयहरूले स्थानीय तहसँगको समन्वयमा बिभिन्न स्थानमा आगो बालेर ताप्ने व्यवस्था मिलाएका हुन्। 

    शुक्रबार मात्र तराइका झापा, मोरङ र सुनसरी जिल्लाका ३०० भन्दा बढी स्थानमा आगो बालेर ताप्ने व्यवस्था मिलाइएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ। 

    चिसोका कारण विद्यालय विदा

    लगातार चिसो बढेकै कारण झापाका बिभिन्न स्थानीय तहले विद्यालय विदा दिन शुरु गरेका छन्। यसै क्रममा झापाको गौरीगञ्ज गाउँपालिकाले अत्यधिक चिसो बढेको कारण गाउँपालिकाअन्तर्गतका विद्यालयहरू तीन दिनका लागि विदा गरेको छ। 

    गाउँपालिकाका शिक्षा शाखा प्रमुख केशव भट्टराईले पुस ६ गतेदेखि ८ गते सम्मका लागि गाउँपालिकाअन्तर्गतका सबै विद्यालयहरूमा विदा दिएको जानकारी दिए।

    सो गाउँपालिकाभित्र गौरीगञ्ज मावि, खजुरगाछी मावि, बाल कल्याण मावि माहाभारा, आदर्श मावि कोरोबारीसहित करिब डेढ दर्जन विद्यालय रहेका छन्। त्यस क्षेत्रका विद्यालयहरूमा अध्ययनरत विद्यार्थी अत्यधिक चिसोका कारण विद्यालय आउनै नसक्ने अवस्था सिर्जना भएकोले प्रतिकूल मौसमका कारण विद्यालय विदा गर्नु परेको गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठले जानकारी दिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]