राजनीति

सभामुख चयन प्रक्रिया अर्को हप्ता, समाजवादी पार्टीले दाबी नगर्ने

पुस ४, २०७६

    काठमाडौं : प्रतिनिधिसभाको रिक्त रहेको सभामुख चयन प्रकृया एकहप्ता पछि मात्रै आरम्भ हुने सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को संसदीय दलका नेता देव गुरुङले बताएका छन्।

    प्रतिनिधिसभा बैठकबाट बाहिरिने क्रममा समाचारदातासँग कुरा गर्दै सचेतक गुरुङले ११ गतेबस्ने संसद बैठकले सभामुख चयन प्रकृया सुरु गर्ने बताएका हुन्। सभामुख र उपसभामुख फरक दल र फरक लिंगको हुनुपर्ने प्रावधानअनुसार सबै दलसँग सहमति खोज्नुपर्ने भएकाले प्रकृया केही ढिला भएको उनले बताए।

    यता, समावादी पार्टीका नेता डा. बाबुराम भट्टराईले सभामुखमा आफ्नो पार्टीको कुनै दाबी नरहेको बताएका छन्। सुविधाजनक दुई तिहाईको सरकारले चाहेको निर्णय गर्न सक्ने भन्दै उनले सभामुख र उपसभामुखमा आफ्नो दलको कुनै दाबी नरहेको बताएका हुन्।

    निवर्तमान सभामुख कृष्णबहादुर महरालाई यौन दुर्व्यवहारको आरोप लागेपछि उनले पदबाट राजीनामा दिएका थिए। महराको राजीनामासँगै सभामुख पद खाली रहेको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]